नवरात्रको छैठौं दिनः आज कात्यायनी देवीको पूजा

काठमाडाैँ- नवरात्रको छैटौँ दिन आज सोमबार दुर्गा भवानीको छैटौँ शक्ति स्वरुप कात्यायनी देवी पूजा गरिन्छ । कात्यायनीलाई साहसको प्रतिक मानिन्छ । दान लगायतका पुण्यकर्म तथा शुभकार्य गर्दा आसुरीवृतिका राक्षसहरुबाट हुने अवरोध रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएको ग्रन्थहरुमा उल्लेख छ । देवकार्य सिद्ध गर्नका लागि माता भवानी कात्यायन ऋषिको आश्रममा पैदा भएको विश्वास गरिन्छ । त्यसपछि उनले कात्यायन ऋषिकी पुत्री हुन स्वीकार गरेकी थिइन् । कात्यायन ऋषिकी पुत्री कात्यायनी नामले लोकमा प्रसिद्ध भएकी हुन् । उनले हातमा चम्किलो खड्ग धारण गरेकी छन्, उनको यो शस्त्रलाई चन्द्रहास खड्ग भनिन्छ ।
अतिशक्तिशाली सिंहमा चढेर देवी कात्यायनीले दानवको वध गरेको देवीभागवत लगायतका ग्रन्थमा उल्लेख गरिएको छ । देवी कात्यायनी माता पार्वतीको सौर्य अवतार मानिन्छ । शक्ति(स्वरूपा कात्यायनी देवीले मानव जीवनको सुख(समृद्धिका लागि प्रदान गर्ने यी बरदानहरु हासिल गर्नका लागि आजका दिन कात्यायनी देवीको मूर्तिलाई राम्रोसङ्ग सजाएर स्वादिस्ट मिठाइ चढाइन्छ र फूल(पत्रहरुले पूजा(आराधना गरिन्छ । यसका साथसाथै देवी कात्यायनीको बरदान पाउनेहेतु शक्ति(स्वरूपा माताकोआह्वान गर्दै पवित्र तन(मनका साथ देवीको मन्त्रोच्चारण गरिन्छ।

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...