नवरात्रको छैठौं दिनः आज कात्यायनी देवीको पूजा

काठमाडाैँ- नवरात्रको छैटौँ दिन आज सोमबार दुर्गा भवानीको छैटौँ शक्ति स्वरुप कात्यायनी देवी पूजा गरिन्छ । कात्यायनीलाई साहसको प्रतिक मानिन्छ । दान लगायतका पुण्यकर्म तथा शुभकार्य गर्दा आसुरीवृतिका राक्षसहरुबाट हुने अवरोध रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएको ग्रन्थहरुमा उल्लेख छ । देवकार्य सिद्ध गर्नका लागि माता भवानी कात्यायन ऋषिको आश्रममा पैदा भएको विश्वास गरिन्छ । त्यसपछि उनले कात्यायन ऋषिकी पुत्री हुन स्वीकार गरेकी थिइन् । कात्यायन ऋषिकी पुत्री कात्यायनी नामले लोकमा प्रसिद्ध भएकी हुन् । उनले हातमा चम्किलो खड्ग धारण गरेकी छन्, उनको यो शस्त्रलाई चन्द्रहास खड्ग भनिन्छ ।
अतिशक्तिशाली सिंहमा चढेर देवी कात्यायनीले दानवको वध गरेको देवीभागवत लगायतका ग्रन्थमा उल्लेख गरिएको छ । देवी कात्यायनी माता पार्वतीको सौर्य अवतार मानिन्छ । शक्ति(स्वरूपा कात्यायनी देवीले मानव जीवनको सुख(समृद्धिका लागि प्रदान गर्ने यी बरदानहरु हासिल गर्नका लागि आजका दिन कात्यायनी देवीको मूर्तिलाई राम्रोसङ्ग सजाएर स्वादिस्ट मिठाइ चढाइन्छ र फूल(पत्रहरुले पूजा(आराधना गरिन्छ । यसका साथसाथै देवी कात्यायनीको बरदान पाउनेहेतु शक्ति(स्वरूपा माताकोआह्वान गर्दै पवित्र तन(मनका साथ देवीको मन्त्रोच्चारण गरिन्छ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...