गुठी अष्ट्रेलियाको चङ्गा महोत्सब सम्पन्न

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
प्रबासमा मौलिक नेपाली परम्परा सँगै नेवारी  सस्कृतिको प्रबर्धन गर्दै आइरहेको सामजिक संस्था गुठी अष्ट्रेलियाले बिगतका बर्षहरुमा भन्दा आझ व्यापक अझ रमाइलो र उत्साह जनक उपस्थिति बीच यस बर्ष पाचौं चङ्गा महोत्सब सम्पन्न गरेको छ । दशैको पूर्वसन्ध्यामा आयोजित उक्त कार्यक्रम गत अक्टोबर १३ का दिन सिड्नी रकडेलस्थित बाइसेन्टिनियल पार्कमा सम्पन्न भएको हो ।
बिहान १२ बजे बाट सांझसम्म करिब ९ घण्टा चलेको उक्त कार्यक्रममा बालकदेखी बृद्द सबैले भरपुर मनोरन्जन र नेवारी संस्कृति र परम्पराका बारेमा धेरै कुरा जान्ने बुझ्ने अवसर पाएका थिए । बालबालिकाहरु को बिबिध रमाइला गतिबिधिहरु, नेपाली र नेवारी खानाका स्टलहरु, इन्द्र जात्रामा तानिने रथ, लाखे नाच धिमे नाच, पुलुकिसी नाँच, कुमारी यात्रा कार्यक्रमको आकर्षण रहेको चङ्गा महोत्सबको संस्कृतिक संयोजक आरती शाक्यले बताइन । शाक्यका अनुसार प्रतिकुल मौसमका बाबजुद स्थानीय भाइ बैनीहरुको लामो प्रयास एकदमै उत्साहित दर्शक र आगन्तुकका बीच देखाउन पाउदा सबै खुसि थिए। यसको साथै अधिकांश उपस्थितिहरु चङ्गा उडाउदै रमाइरहेका देखिन्थे भने जानकारीमुलक स्टल बाट धेरै जानकारी लिएका थिए।
संस्थाका अध्क्षय शिब श्रेष्ठको अध्यक्षतामा सम्पन्न पहिलो शत्र को उद्घाटन समारोहमा प्रमुख अतिथि अष्ट्रेलियाको लागि नेपाली राजदूत लक्की शेर्पा, विशेष अतिथि रकडेल क्षेत्रका सांसद स्टिभ क्याम्पर, अतिथि बेसाइड काउन्सिलका मेयर बिल सारभिनोस्की, कार्यक्रममा मुख्य प्रायोजक ओली एण्ड एसोसिएटका निर्देशक अन्जना ओलीले कार्यक्रम को सफलताको कामना गर्दै यस्ता कार्यक्रमहरु ले नेपाललाईबहुसांस्कृतिक समुदायमा चिनाउन ठुलो मद्दत पुग्ने बताउदै आ-आफ्नो तर्फबाट कार्यक्रमको सफलताको कामना गरेका थिए।
कार्यक्रमको मुख्य आकर्षणको रुपमा नेपालबाट आएका सर्बाधिक प्रिय गायक दिपक बज्राचार्य र उनको “रिदम” ब्याण्डको प्रस्तुतिहरु थिए। आफ्ना चार ब्याण्ड सदस्य सहित अष्ट्रेलिया आएका सदाबाहर गायक दिपक बज्राचार्य ले कार्यक्रममा आफ्ना नयाँ र पुराना गीतहरु ले सबै उमेर समुहका दर्शकको मन छोएका थिए । यसै गरि आहिले सर्बाधिक चर्चामा रहेको नेपाली, नेपाल भाषा र हिन्दिमा समेत रहेको उनको “मन-मगन” बोलको गीत उक्त कार्यक्रममा पनि निक्कै आकर्षण ढंगले प्रस्तुत गरिएको थियो । निशुल्क प्रवेश रहेको उक्त कार्यक्रम स्थलमा भेटिएका सबै उपस्थितिहरु प्रतिकुल मौसममका बाबजुद निक्कै उत्साहित रुपमा कार्यक्रममा सहभागिता जनाएका थिए।
 
( फोटो: गुठि अष्ट्रेलिया फेसबुक पेजबाट )