राष्ट्रपति भण्डारीद्वारा विभिन्न शक्ति पीठको दर्शन

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैंको अवसरमा महाअष्टमीका दिन बुधवार बिहान पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना गर्नुभएको छ भने दिउँसो काठमाडौंका अधिकांश देवी मन्दिरको दर्शन गर्नु भएको छ ।
काभ्रे पलाञ्चोकको पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित भगवती मन्दिरमा भण्डारीले जेठी छोरी उषाकिरण भण्डारीकासाथ करिब १५ मिनेट पूजाअर्चना गर्नु भएको हो । उहाँ विहान ९ः३५ बजे भगवती मन्दिर पुग्नुभएको थियो । राष्ट्रपति भएपछि उहाँले यस मन्दिरमा पूजाअर्चना गर्नुभएको यो दोस्रोपटक हो । उहाँसँगै नागरिक उड्ययन तथा पर्यटनमन्त्री रविन्द्र अधिकारी पनि सहभागी हुनुहुन्थ्यो ।
काठमाडौंमा भने उहाँले हगुह्ेश्वरी, मैतीदेवी, संकटा, भद्रकाली, शोभाभगवती, भगवती बहालसहितका देवीका मन्दिरमा पुगि दर्शन गर्नु भभको थियो ।