बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो

चितवन– पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ अरुणखोलामा बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा गुल्मी हस्तचौर गाउँपालिका–२ बस्ने ३५ वर्षीय तिलक विष्टको ज्यान गएको हो । आइतबार बिहान उक्त दर्घटना हुँदा दुर्घटनास्थलमा पाँचजनाको मृत्यु भएको थियो ।
मृत्यु हुनेमा जिल्ला मोरङ सुन्दरहरैचा–१२ बस्ने ११ वर्षीय सुहन कार्की, भोजपुर हतुवागढी–६ बस्ने २७ वर्षीय रामजीत राई, सुनसरी घर भई जिल्ला जनस्वास्थ्य कार्यालय नवलपरासी पश्चिममा कार्यरत ३२ वर्षीय अब्दुल अन्सारी, भारत विहार बस्ने विद्यानन्द यादव रहेका छन् । मृत्यु हुने अर्का एक पुरुषको नाम, ठेगाना खुल्न बाँकी रहेको छ ।
इटहरीबाट भैरहवाका लागि छुटेको लु१ख ८४५४ नंको बस बिहान ५ बजे दुर्घटनामा परेको हो । बसको बत्ती मधुरो रहेको र गति तीव्र भएका कारण बस दुर्घटनामा परेको यात्रुलाई उद्धृत गर्दै प्रहरी उपरीक्षक रमेश थापाले बताउनुभयो ।
दुर्घटनामा परी घाइते भएका ३७ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । सामान्य घाइते भई स्थानीय मेडिकलमा उपचाररत छ जना उपचारपछि घर फर्किएका छन् ।

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...