एसपी विष्टलाई बर्खास्त गर्न स्पष्टिकरण सोध्दै

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– निर्मला पन्त बलात्कार–हत्याको छानबिनमा लापरवाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई निष्काशनको सिफारिस गरेको छ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत असोज २९ गते प्रहरी उपरीक्षक विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई सेवाबाट निष्काशन गर्न गृह मन्त्रालयसमक्ष पत्राचार गरेको प्रहरी प्रवक्ता शैलेस थापा क्षेत्रीले जानकारी दिए ।
क्षेत्रीले गृहमन्त्रालयले उक्त सिफारिसमा आज (आइतबार) निर्णय गर्न सक्ने सम्भावना रहेको बताए ।
गृहसचिव प्रेमकुमार राईले उहाँले बर्खास्त गर्नु अघि आफ्नो कुरा राख्न पाउने प्राकृतिक न्यायको सिद्धान्त अनुसार उनीहरुलाई उक्त प्रकरणमा किन कारबाही नगर्ने भनि स्पष्टिकरण सोध्न लागिएको बताउनुभयो । उहाँ भन्नु भयो-‘उनीहरुले दिएको जवाफ चित्तबुझ्दो नभएमा सरकारले पुनः जवाफ माग्ने वा बर्खास्त गर्न कारबाही प्रक्रिया अघि बढाउने छ ।’
घटनामा दोषी देखिएका दुवै प्रहरी अधिकारीसँग स्पष्टिकरण सोध्ने तयारी भएको उहाँले स्वीकार्नुभयो । अनुसन्धानको नियमित प्रक्रिया अन्तर्गत नै तत्कालीन अवस्थामा कमान्डमा रहेका व्यक्तिलाई किन जिम्मेवारी निर्वाह भएन भनेर सोध्न लागिएको उहाँले बताउनुभयो । ‘दुवै प्रहरी अधिकारीमाथि लागेका आरोपको सिलसिलेवार र चित्तबुझ्दो जवाफ खोज्ने छौं, जवाफ नआए बर्खास्तगीसम्मको कारवाही हुनसक्छ राईले भन्नुभयो । ‘विभागीय कारवाहीको प्रक्रिया भने स्पष्टिकरण सोधेपछि प्रक्रियामा जाने छ।’
उनीहरु उक्त घटनामा संलग्न हुन् वा होइनन् तथ्य, तर्क र नियतको परीक्षण हुने उहाँले स्पष्ट पार्नुभयो ।