साझाको विद्यतीय बसमा प्रधानमन्त्रीको यात्रा

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– साझा यातायातले मंगलबारदेखि विद्युतीय गाडी सञ्चालनमा ल्याएको छ । एसियाली विकास बैंक एडीवीको आर्थिक सहयोगमा साझाले विद्युतीय बस सञ्चालनमा ल्याएको हो । लुम्बिनी क्षेत्रमा चलाइने बसको औपचारिक रूपमा प्रधानमन्त्री केपी शर्मा ओली उद्घाटन गर्नुभएको छ ।
उद्घाटनसँगै प्रधानमन्त्री ओली सोही बसमा कार्यालय सिंहदरबार पुग्नुभएको छ । लुम्बिनी क्षेत्रमा पाँच वटा विद्युतीय बस चलाउने घोषणा गरेको साझाले दुईवटा बस मंगलबारदेखि सञ्चालनमा ल्याएको हो ।
अन्य तीन वटा बस चाँडै सञ्चालनमा ल्याइने साझाले जनाएको छ । चिनियाँ कम्पनीले निर्माण पाँचमध्ये दुई बस काठमाडौँ ल्याइएको हो । अन्य बस ल्याइने क्रममा छन्।