वरिष्ठ कलाकार हरिबंश आचार्यको उपस्थितिमा  सिड्नीमा गाला डिनर हुदै

अमृत शर्मा 
-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
सिड्नी, अस्ट्रेलिया | नेपाली हाँस्यब्यङ्ग्य एबम कलाकारिता क्षेत्रका बहुप्रतिभाशाली कलाकार हरिवंश आचार्यको बिशेष उपस्थिति र सिड्नीका २ स्थानिय प्रतिभाशाली गयाक सन्जिब पराजुली र समिर आचार्यको संगितमय प्रस्तुतिका बिच नेपालमा मानब सेवा आश्रमको लागि सहयोगार्थ सिड्नीमा गाला डिनरको आयोजना हुदैछ। बाबा एजुकेसन कन्सल्टेन्सी अस्ट्रेलियाको आयोजनामा हुदै गरेको उक्त गाला डिनरमा सिड्नीमा रहेका प्रतिभाहरुले उत्कृष्ट नृत्य सहित बिबिध प्रस्तुतिहरु रहने पनि आयोजक बाबा एजुकेसन कन्सल्टेन्सीका तर्फबाट रबिन्द्र कुमार शर्माले बताए।  शर्माका अनुसार कार्यक्रममा सबैका आदरणीय हरिवंश आचार्यद्वारा लिखित पुस्तकहरु “हरि बहादुर” र ” चिना हराएको मान्छे ” को सेरोफेरोमा रहेर आचार्यसंग प्रश्नउतर र लेखकको हस्ताक्षर सहित पुस्तक पनि उपलब्ध हुनेछ।
कोजी एशिया र आर के एस अस्ट्रेलियाले संयुक्त रुपमा आयोजना गरेको यी कार्यक्रमहरु मेलबोर्नमा २७ अक्टोबर, एडीलेडमा २८ अक्टोबरमा हुदैछ। सिड्नीको कार्यक्रम आउँदो नोभेम्बर ३ को साँझ छ बजे बाट इन्द्रेणी फंसन सेन्टर रक्डेलमा हुने र कार्यक्रम प्रवेश शुल्क ५० डलर रहेको कार्यक्रम संयोजक अमृत शर्माले बताए। बिजयादशमी र दिपावलीको अवसर, नेपालका प्रतिष्ठित व्यक्तित्व र साथमा बिबिध संस्कृतिक प्रस्तुति र कार्यक्रमको उदेश्य पूर्ण परोपकारी सहितको भएकोले कार्यक्रममा उपस्थिति भइ परोपकारिताको हिस्सा बनिदिनु हुन पनि आयोजक कोजी एशियाको तर्फबाट अनन्त कार्कीले सबै नेपाली जनहरुमा अनुरोध गरेका छन्। कार्यक्रम सम्बन्धि थप जानकारीका लागि रबिन्द्र 0466210654 वा अनन्त 0432678258 लाई सम्पर्क गर्न अनुरोध गरिएको छ।