मोना अष्ट्रेलियाको पाँचौ अधिबेशन सम्पन्न
मुक्ति रोक्काको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

अष्ट्रेलियामा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) अष्ट्रेलियाको पाँचौ अधिवेशन हालै सिड्नीमा सम्पन्न भएको छ । अधिबेशनले आगामी कार्यकालको लागि मुक्ति रोकाको अध्यक्षतामा आगामी कार्यकालको लागि निर्विरोध निर्वाचित कार्यसमितिको पनि घोषणा गरेको छ । कार्यसमितिको उपाध्यक्षमा सुसन श्रेष्ठ, महासचिव इन्द्र थापा, सचिव लक्की श्रेष्ठ, कोषाध्यक्ष दिनेश खत्री, सह-कोषाध्यक्ष दिपक भण्डारी रहेका छन् । त्यसै गरी समितिको सदस्यहरुमा अनिल बानियाँ, माधव प्रसाद सुबेदी, किसान पुन मगर, हिक्मत श्रेष्ठ, मिजास भण्डारी, लुकेस राम्जाली र मुक्तिनाथ सुबेदी रहेका छन् । मोना अन्तराष्ट्रिय अध्यक्ष चक्र बहादुर थापाको बिशेष अथित्यमा सम्पन्न उक्त अधिबेशन बिशेष अतिथि थापाले अधिबेशनको उद्घाटन गर्दै विश्वभर रहेका म्याग्देलीको एकता र सहकार्यका लागि मोनाको आवश्यकता रहेको बताए । उनले विश्वका कुना कुनामा छरिएर रहेका म्याग्देलीलाई मोनामा आबद्ध गराउने अभियानमा सबै जना आ-आफ्नो ठाउँबाट सहयोग गर्दै सक्रिय रहन पनि आग्रह गरे ।
संस्थाका निबर्तमान अध्यक्ष हरि राम्जालीको अध्यक्षतामा सम्पन्न अधिबेशनमा राम्जालीले आफ्नो कार्यकालमा सबै बाट पाएको सहयोगको लागि सबै लाई धन्यबाद दिएका थिए। त्यसै गरि नबनिर्बाचित अध्यक्ष मुक्ति रोकाले संस्थाको यो महत्वपूर्ण जिम्मेवारी आफुलाई दिनु भएकोमा संस्थाका सबै अग्रज र सदस्यहरुलाई धन्यवाद दिदै आगामी दिनमा पनि संस्था लाई थप उचाईमा पुराउन आफु सधै सक्रिय रहने प्रतिबद्दता जनाए । म्याग्देलीहरु बसोबास गर्ने बिश्वको धेरै देशमा विस्तार भएको यो संजालले मोना मार्फत गरिबी, जेष्ठ नागरिक, बालबालिकाको शिक्षा दिक्षाका लागि १ करोडको अक्षय कोषको स्थापनाका लागि तिब्र रुपमा काम भइरहेको जनाकारी दिइएको थियो ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...