यचुरी काठमाडौंमा

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– भारतीय भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम यचुरी नेपाल आएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को निमन्त्रणामा उनी आज बिहीबार बिहान काठमाडौं आएका हुन् ।
यचुरीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेकपाका नेताद्वय कृष्णगोपाल श्रेष्ठ र विष्णु रिजालले स्वागत गरेका थिए । नेपाल बसाइको क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।