बढ्यो चितवन राष्ट्रिय निकुञ्जको प्रवेश शुल्क

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– चितवन राष्ट्रिय निकुञ्जमा प्रवेश शुल्क बढेको छ । सरकारले राजपत्रमा सूचना प्रकाशित गरी निकुञ्ज प्रवेश शुल्क बढाएको हो । बढेको शुल्क अनुसार निकुञ्ज प्रवेश गर्दा नेपाली नागरिकले मूल्य अभिवृद्धि कर (भ्याट) सहित १ सय ५० रुपैयाँ, सार्क देशकाले एक हजार रुपैयाँ तथा अन्य देशका पर्यटकले दुई हजार रुपैयाँ तिर्नुपर्ने भएको छ ।
यसअघि निकुञ्ज प्रवेश गर्दा नेपालीले १ सय १३ रुपैयाँ, सार्कले ८ सय ४७ रुपैयाँ ५० तथा अन्य देशका पर्यटकले एक हजार ६ सय ९५ रुपैयाँ तिर्नुपर्ने हुन्थ्यो । चितवन राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्षमा प्रवेश शुल्कवापत १६ करोड ७८ लाख ५४ हजार ६ सय ५० रुपैयाँ संकलन गरेको थियो । गत वर्ष एक लाख ५२ हजार ६७१ पर्यटक निकुञ्ज प्रवेश गरेका थिए ।