चीनले गर्ने भयो २ अर्बभन्दा बढिको सहयोग

काठमाडौं– मानवीय तथा विपद् व्यवस्थापन उपकरण खरिदका लागि चीनले नेपाललाई साढे २ अर्बभन्दा बढीको सहयोग गर्ने भएको छ । विपद् व्यवस्थापन परिचालनका लागि चीनले करिब २ अर्ब ५३ करोड रुपियाँको आर्थिक सहयोग उपलब्ध गराउने भएको हो ।
चीनको भ्रमणमा रहनुभएका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र उहाँका चिनियाँ चिनियाँ समकक्षी एवं सो मुलुकका राज्यपरिषद् सदस्य वै फङहबीच यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । चीनले आगामी पाँच बर्षमा उक्त सहयोग गर्ने बेजिइङस्थित नेपाली दूतावासले जनाएको छ । सो सहयोगप्रति आभार व्यक्त गर्दै मन्त्री पोखरेलले चिनियाँ सहयोगमा नेपालमा शान्ति तथा रक्षा विश्वविद्यालय स्थापनाका लागि समकक्षी वैलाई आग्रह गर्नुभएको बताइएको छ ।
पोखरेलको प्रस्तावप्रति सकारात्मक रहनुभएका वैले यसबारेमा सहयोग गर्न आफ्नो मुलुक तत्पर रहेको बताउनुभएको थियो । विश्वविद्यालय स्थापनासम्बन्धी ढाँचालाई दुवै पक्षबीचको आपसी वार्ताबाट टुङ्गो लगाइने दूतावासले जनाएको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...