प्रधानमन्त्री ओली अस्पताल भर्ना
छातीमा संक्रमण र रगतमा सुगरको मात्रा असन्तुलित

काठमाडौं– प्रधानमन्त्री केपी ओली आज सोमबार बिहान अस्पताल भर्ना हुनु भएको छ । प्रधानमन्त्री आफैं बिहान साढे चार बजे महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर बेडमा भर्ना हुनु भएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार मौसमी खोकी बढ्दै गएपछि उहाô अस्पताल पुग्नु भएको हो ।
त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको उपचार भइरहेको छ । शारीरिक अस्वस्थताका कारण उहाँ तीन दिनदेखि बालुवाटारस्थित प्रधानमन्त्री निवासमै आराम गरिरहनु भएको थियो ।
२०६४ सालमा मिर्गौला प्रत्यारोपण गरिएयता उहाँको स्वास्थ्यमा बेलाबेलामा समस्या आउने गरेको छ । ‘उहाँ स्वास्थ्यमा सजगता अपनाउनुपर्ने मानिस हुनु हुन्छ,’ अर्यालका अनुसार जाँचका सबै साइकल पूरा गर्नुपर्ने भएकाले आज डिस्चार्ज हुने सम्भावना कम छ ।
डा। दिलीप शर्मा र डा। दिव्या सिंह शाहले ओलीको नियमित जाँच र उपचार गर्दै आएका छन् । चिकित्सकहरूले दिएको प्रारम्भिक रिपोर्टअनुसार प्रधानमन्त्री ओलीलाई छातीमा संक्रमण र रगतमा सुगरको मात्रा असन्तुलित देखिएको छ । उहाको अवस्था सुधारोन्मुख रहेको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...