प्रधानमन्त्री ओली अस्पताल भर्ना
छातीमा संक्रमण र रगतमा सुगरको मात्रा असन्तुलित

काठमाडौं– प्रधानमन्त्री केपी ओली आज सोमबार बिहान अस्पताल भर्ना हुनु भएको छ । प्रधानमन्त्री आफैं बिहान साढे चार बजे महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर बेडमा भर्ना हुनु भएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार मौसमी खोकी बढ्दै गएपछि उहाô अस्पताल पुग्नु भएको हो ।
त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको उपचार भइरहेको छ । शारीरिक अस्वस्थताका कारण उहाँ तीन दिनदेखि बालुवाटारस्थित प्रधानमन्त्री निवासमै आराम गरिरहनु भएको थियो ।
२०६४ सालमा मिर्गौला प्रत्यारोपण गरिएयता उहाँको स्वास्थ्यमा बेलाबेलामा समस्या आउने गरेको छ । ‘उहाँ स्वास्थ्यमा सजगता अपनाउनुपर्ने मानिस हुनु हुन्छ,’ अर्यालका अनुसार जाँचका सबै साइकल पूरा गर्नुपर्ने भएकाले आज डिस्चार्ज हुने सम्भावना कम छ ।
डा। दिलीप शर्मा र डा। दिव्या सिंह शाहले ओलीको नियमित जाँच र उपचार गर्दै आएका छन् । चिकित्सकहरूले दिएको प्रारम्भिक रिपोर्टअनुसार प्रधानमन्त्री ओलीलाई छातीमा संक्रमण र रगतमा सुगरको मात्रा असन्तुलित देखिएको छ । उहाको अवस्था सुधारोन्मुख रहेको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...