राज के. गोस्वामीको कोसिश -२ सिड्नीमा बिमोचन

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
अष्ट्रेलियालाई कर्मथलो रोजे पनि नेपाली सङ्गीत साधनामा तनमनले लागि रहेका र अष्ट्रेलियाको नेपाली समुदायमा आफ्नो जादुमय स्वरले धेरैको मन जितेका युवा गायक राज के. गोस्वामीको लामो समयको अन्तराल पछिको बहुप्रतिक्षित दोश्रो एल्बम कोसिश- २ हालै सिड्नीमा सांगेतिक माहोल बिच र संगीत प्रेमीहरु बिच बिमोचन भएको छ।
पाँच बर्ष अगाडी पहिलो एल्बम कोसिशबाट आफुलाई सांगेतिक क्षेत्रमा स्थापित गराएका राजले उक्त एल्बमका गीतहरु बाट थुप्रै पुरुष्कारहरु हात पारेका थिए । त्यो भन्दा पनि धेरै श्रोता अनि शुभचिन्तकहरुको माया पाए र त्यसैको निरन्तरता स्वरुप आफुलाई अझ निखार्दै दोश्रो एल्बमको रुपमा कोसिश- २ लिएर आएको द नेपाली टाईम्स संगको कुराकानीमा बताए ।
गत अक्टोबर २६ का साँझ नेपाली गीत संगीतलाई माया गर्ने अष्ट्रेलियामा रहेका समाजसेवी, ब्यापारीहरुले संयुक्त रुपमा  बिमोचन गर्नु भएको कोसिश- २ मा  १० भिन्न भिन्न गित हरु छन् जस मध्ये  ८ मा राजको एकल स्वर छ भने दुइ भिन्न गीतमा राजलाई आस्था राउत र  मेलिना राईले आफ्ना कर्ण प्रिय स्वरले  साथ दिएका छन्। एल्बमको बिचोचन भन्दा केहि समय अगाडी मात्रै यसै एल्बममा रहेको ‘साइली र माइली’ बोलको गीत सार्वजनिक भइसकेको र उक्त गीत छोटो समयमा धेरै भन्दा धेरै श्रोताहरुले हेर्नुभएको र एकदम सकारात्मक प्रतिकृयाहरु आएका कारण पनि आफु कोसिश- २ प्रति निक्कै आशाबादी रहेको पनि गयाक गोस्वामीले बताए । सधै झैँ यस एल्बमका गितहरु एक पटक सुनेर आफ्नो हौसला बढाई दिनु हुन पनि उनले अनुरोध गरेका छन्।