भैरहवाको टाइगर प्यालेसमा एभिएसन क्विनको ट्यालेन्ट शो

भैरहवा– एयर होस्टेसको प्रशिक्षण लिइरहेका तथा प्रशिक्षण लिइसकेका २० जना सुन्दरीहरुले भैरहवा पुगेर आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । मिस एभिएसन क्विन–२०१८ का प्रतिस्पर्धिहरुले भैरहवास्थित टाइगर प्यालेस रिसोर्टमा आयोजित ट्यालेन्ट शोको क्रममा आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका हुन् ।
ट्यालेन्ट शोको क्रममा अधिकांश सहभागिले नृत्य, गायनसहितका प्रतिभा प्रस्तुत गरेका हुन् । नेपाली चलचित्रका गीतहरुमा नृत्य गर्नुका साथै केहीले गायन तथा वक्तित्व कलासहितका प्रतिभा प्रस्तुत गरेका थिए । प्रतियोगिहरुमध्ये एञ्जिला शेर्पा, कृति खत्री, रीया भारती, एलिशा चौलागाईं, सची पौडेल, सुमी पोर्टेल, छुनु सेन्चुरी, दिपिका पाठक, श्रेया सिंह ठकुरी तथा नेहा चौधरीले आकर्षक नृत्य प्रस्तुत गरे । अनिशा न्यौपाने, बबिना अर्जेल, पुनम लिम्बु तथा आँचल खड्काले गायन कला प्रस्तुत गरे । त्यसैगरी दिक्षा चौधरी तथा कविता घलेले वक्तित्व कला प्रस्तुत गरे भने एन्जिमा शेर्पा तथा लक्ष्मी तामाङले गजल प्रस्तुत गरे । एक मात्र प्रतियोगि रीजा उदयले भने मेकअपमार्फत आफ्नो कला प्रस्तुत गरेकी थिइन् ।
बुटबल नगरपालिकाका मेयर शिवराज सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न ट्यालेन्ट शोमा अभिनेताद्वय रोहित रुम्बा तथा गोपाल ढकाल छन्देसहित ब्रेट मोडल, वसन्त श्रेष्ठ, विष्णु ढकाल तथा विष्णु थापा निर्णायकको रुपमा रहेका थिए ।
ट्यालेन्ट शोमा सहभागि प्रतियोगिहरु ग्ल्यामर फोटोग्राफर नविन के श्रेष्ठसंगको फोटोसेसनमा पनि सहभागि भए ।
यो प्रतियोगिताटच ईन्टरटेन्मेन्ट तथा स्पर्श फिल्मसले साहारा ईन्टरनेशनल एयरहोस्टेस एकेडेमीसंगको सहकार्यमा आयोजना गर्न लागेको हो ।
प्रतियोगिताको ग्राण्ड फिनाले यही कात्तिक १७ गते शनिवार थापाथली, काठमाडौंस्थित मुड्स लाउञ्जमा सम्पन्न हुँदैछ । प्रतियोगिताका विजेताले आन्तरिक उडानतर्फको एयरलाइन्समा काम गर्ने मौका पाउनुका साथै अन्य विभिन्न उपहारहरु प्राप्त गर्नेछन् । अभिनेता एसराज गराचले यो प्रतियोगितामा कोरियोग्राफी गरिरहेका छन् ।

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...