प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । छातीमा संक्रमण, खोकी र ज्वरो देखिएपछि तीनदिन अघि ओली महाराजगञ्जस्थित त्रिवि, चिकित्सा शास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुनु भएको थियो ।
प्रधानमन्त्री ओलीको रगतको रिपोर्ट सामान्य देखिएको निजी चिकित्सक डा दिव्या सिंह शाहले जानकारी दिएकी छिन् । प्रधानमन्त्रीको पूर्ण रुपमा निको भएपछि डिस्चार्ज गर्ने अस्पतालको तयारी छ ।
प्रधानमन्त्रीको उनको उपचारमा मुटुरोग विशेषज्ञ डा। अरुण सायमी, निजी चिकित्सक डा। दिव्या सिंह शाह र छाति रोग विशेषज्ञ डा। सन्त कुमार दासको टोली खटिएको छ।
शाहका अनुसार प्रधानमन्त्रीले नियमित खानपान गर्न थाल्नु भएको छ ।