नारायणहिटी संग्रहालयको शुल्क बढ्ने

काठमाडौं– संग्रहालय स्थापना भएको एक दशक पछि नारायणहिटी संग्रहालयले प्रवेश शुल्क बढाउने तयारी गरेको छ । पुरातत्व विभाग मातहतमा रहेको संग्रहालयले शुल्क बढाउने प्रस्ताव संस्कृति पर्यटन तथा मन्त्रालयमा पेश गरेको छ । तीन साता अघि नै बसेको बैठकले शुल्क बढाउने प्रस्ताव गरेको हो । प्रस्ताव पुरातत्व विभाग हुँदै संस्कृति,पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा पेश भएको छ ।
प्रस्तावित नयाँ शुल्कमा नेपाली विद्यार्थीलाई ४०, सार्क राष्ट्रका पर्यटकका लागि ३ सय, तेस्रो मुलकका पर्यटकका लागि ७ सय ५० र नेपाली पर्यटकका लागि १ सय ५० रुपिया प्रस्ताव गरिएको छ ।
विभागको मातहतमा गए लगत्तै संग्रहालयले नयाँ शुल्कको प्रस्ताव गरेको हो । हाल विद्यार्थीका लागि २०, सार्कका पर्यटकका लागि २ सय ५०, तेस्रो मुलुकका पर्यटकका लागि ५ सय र नेपालीका लागि १ सय रुपैयाँ उठाउदै आएको थियो ।
नारायणहिटीमा ५२ कक्ष छन् । तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको कार्यकालमा बिसं २०६५ असार १ गते नारायणहिटी राजदरबारलाई संग्रहालय बनाउने निर्णय भएको थियो । लगत्तै २०६५ फागुन १५ देखि सर्वसाधारणलाई अवलोकन गर्न नारायणहिटी दरबारलाई संग्रहालयको रुपमा खुला गरिएको थियो ।
यसैबीच अघिल्लो महिना खुला गरिएको श्रीपेच हेर्नेको भीड बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो अवलोकन गरी खुला गरिएको श्रीपेच खुले गलत्तै हेर्नेको संख्या अधिक रहेको छ । संग्रहालयमा श्रीेपेच राखेपछि दैनिक झण्डै दुई हजार पर्यटकले श्रीपेच अवलोकन गर्ने गरेका छन् ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...