एआरएनएन एसिटिको मिट एण्ड ग्रिट सम्पन्न 

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
नेपालीहरु को घर आगनमा आएका बिभिन्न चाड पर्बहरु लाई हामि बिचको एकता अनि भाइचारा र सदभाब को प्रतिकको रुपमा लिदै एआरएनएन एसिटिले हालै  मिट एण्ड ग्रिट कार्यक्रम सम्पन्न गरेको छ । गत नोभेम्बर ४ का दिन ब्ल्याक माउण्टेन पेनिसुलामा सम्पन्न उक्त कार्यक्रममा क्यन्बार वरपर बस्ने र नेपाल आउनुभएका अभिभाबक गरि करिब २०० जनाको सहभागिता रहेको थियो । अष्ट्रेलियाका लागि नेपाली राजदूत महामहिम लक्की शेर्पाको बिशेष आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा एआरएनएन उपाध्क्षय राजन ढुंगेलले उपस्थित सबैलाई स्वागत गर्दै कार्यक्रमको बारेमा जानकारी दिनु भएको थियो । ढुंगेलका अनुसार मुख्यत चाड-पर्बको शुभकामना आदान प्रदान, नेपालबाट आउनु भएका आभिभाबकहरु लाई स्वागत/सम्मान र एनआरएनए कार्ड वितरण गर्ने लक्ष्य सहित गरिएको उक्त कार्यक्रममा राजदूत महामहिम लक्की शेर्पाले एनआरएनए एसिटिले गर्दै आइरहेको सबै उदाहरणीय कार्यको प्रसंसा गर्नु भएको थियो । शेर्पाले विदेश भुमिमा आएका आभिभाबकहरु लाई आत्मियता प्रदान गर्दै स्वागत गर्नु उनीहरु प्रतिको ठुलो सम्मान भएको बताउदै प्रबासमा एनआरएनएले गरेको भूमिकाको खुलेर  प्रसंसा गर्नु भयो ।
कार्यक्रममा ४० जना अभिभाबकहरु नेप्लिज ढाकाको सल ओढाएर सम्मान गरिएको थियो । कार्यक्रम राजदुताबासका डेपुटी चिफ मिसन द्रौपदा सापकोटा, एनआरएनए आइसीसी संरक्षक डा. कृष्ण हमाल, एनआरएनए आइसीसी पोलिसी सदस्य डा. सिताराम घिमिरे, यसै गरि समुदायमा सक्रिय संस्थाहरु ANFS, CNFC, CNCC, ONF लगाएत संघ संस्थाका प्रतिनिधिहरु, नेपाली समुदायका सदस्यहरु  उपस्थित हुनुहुन्थ्यो। एआरएनएन एसिटिका कोषाध्क्षय सुमन देबकोटाले संचालन गर्नु भएको औपचारिक कार्यक्रमको समाप्ति संगै सहभागी सबैले सेल रोटि, बर्बक्यु र नेपाली खानासहित रमाइलो गरेका थिए।
मिट एण्ड ग्रिट कार्यक्रमलाई Himalayan Business Group, Right & Associates, The Mustang Nepalese Restaurant & Bar, Chomolungma Nepalese Cuisine, Aussie Finance and Home Loan, Multi Dynamic Canberra, Everest Business Consultant, Brimta Education, SBA Mortgage, S&S Accounting, TWGG, Kathmandu travels, Golden Spoon Event Center, JB Education & Migration, Expert Education & visa Services, CMA Panting, Bhariya Group, GEM Gauli Event, De Yatri Event, Crown institute, Convenient Beauty corner, Sumitra’s hair and beauty salon, Everest Mero Chitra, Origin Nepal Restaurant, AR pixels लगाएतका ब्यापारिक संघ संस्थाहरुले प्रायोजन एबम सहयोग गरेका थिए।
(Photo and News source: Rajan Dhungel)