आज लक्ष्मीपूजा

काठमाडौं– यमपञ्चकको तेस्रो दिन आज बुधवार धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी मनाइँदै छ । फोहर र उज्यालो नभएको स्थानमा लक्ष्मीको वास हुँदैन भन्ने मान्यता अनुरुप यो दिन भकारी, धनसार, अट्टालिका, बुइँगल, कोठाचोटा, आँगन सबै स्थान सफा र उज्यालो गरी दीपावलीसाथ लक्ष्मीको आराधना गर्ने प्रचलन छ ।
पात्रो अनुसार गाई र गोरुपूजा बिहीवार तोकिए पनि कसैकसैले लक्ष्मीपूजाकै दिन लक्ष्मीको प्रतीक मानेर गाईलाई पूजा गर्ने प्रचलन छ । यसै दिन गाईको पुच्छरमा जनैपूर्णिमाका दिन बाँधिएको डोरो बाँधेर बैतरणी नदी पारको मनोकाङ्क्षा पनि राखिन्छ ।
ज्योतिषशास्त्र अनुसार स्थिर लग्न र प्रदोषकालमा लक्ष्मीको पूजा गर्दा लक्ष्मी स्थिर भएर रहन्छिन् भन्ने मान्यता छ । ज्योतिषी डा। सुनिल सिटौलाका अनुसार घाम अस्ताउनु अघिको २४ मिनेट र पछिको प्रदोषकालमा उद्यमी व्यावसायीले लक्ष्मीको पूजा गर्दा राम्रो हुन्छ भने गृहस्थका लागि साँझ ५ः४३ देखि ७ः३५ बजे सम्मको समय उत्तम रहेको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...