अष्ट्रेलियाबासी थारुले गरे ‘मिट एन्ट ग्रिट’ कार्यक्रम

 माघी पर्व भब्य मनाउने
-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
थारु सोसाइटी अष्ट्रेलियाले आफ्ना सदस्य र शुभ चिन्तकहरु बिच हालै एक  ‘मिट एन्ड ग्रिट’  पिकनिक कार्यक्रम सम्पन्न गरेको छ । अष्ट्रेलियामा बसोबास गर्ने थारुहरुलाई एकताबद्ध गराउने उद्देश्यले खोलिएको यो संस्थाले याहाँ रहेका थारुहरु बिच आत्मियता सम्बन्ध कायम गर्न गत ४ नोभेम्बरका दिन उक्त कार्यक्रमको आयोजना गरेको थियो ।
एक सय भन्दा धेरै थारु समुदायका सदस्यहरु उपस्थित  उक्त कार्यक्रम सिड्नीको टेम्पी पार्कमा आयोजना गरिएको थियो । कार्यक्रममा सहभागी सबैले तिहार तथा छठको शुभकामना आदानप्रदान गरेका थिए । उनीहरुले थारुहरुको नयाँ बर्ष माघीलाई भब्यरुपले मनाउने प्रतिबद्धता पनि जनाएको संस्थाका पब्लिक रिलेशन अफिसर अरुण चौधरीले जानकारी दिए ।
कार्यक्रममा नेपालका आउनु भएका प्रतिनिधिहरु थारु कल्याणकारिणी सभा मोरङका पार्षद प्रदीपकुमार विश्वास, सुनसरी झुम्काका चुमुकलाल चौधरी र दाङका भरथानी चौधरी सहभागी थिए।
थारुहरुका अलवा गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका सचिव देव गुरुङ, एनएसडब्लु राज्यका महावाणिज्यदूत दीपक खड्का, नेपाल आदिवासी जनजाति मञ्च अष्ट्रेलियाका चित्र लिम्बु, लिल गुरुङ, लक्ष्मण गुरुङ, नेपाली टचका दिपेश पुन,राज के गोश्वामी, सन्तोष भण्डारी र अंकित सिंह पर्मर सहभागी थिए । अष्ट्रेलियामा बसोबास गर्ने थारुहरु को छाता संगठन बनाउने उद्देश्यले दीपनारायण चौधरीको अध्यक्षता गत अगष्टमा  थारु सोसाइटी अष्ट्रेलिया गठन भएको थियो ।