मन्त्रिपरिषद्को निर्णय अब प्रत्येक बिहिबार

काठमाडौं– केही दिनअघि भएको मन्त्रिपरिषद्को निर्णय अब बिहिबारमात्र सार्वजनिक हुने भएको छ । सरकारको कामकारवाही बारे हरेक साताको विहीबार सरकारका प्रवक्ता र पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्ने जानकारी दिदै प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार डा। कुन्दन अर्यालले सम्भवतः आउंदो विहीबारदेखि भेटघाट कार्यक्रमको थालनी हुने जानकारी दिनुभयो । मन्त्रिपरिषद् निर्णयबारे हतारमा सबै कुरा भन्न नसकिने भएकाले नयां व्यवस्था ल्याउन लागिएको डा। अर्यालले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीका प्रस सल्लाहकार डा। अर्यालका अनुसार मन्त्रिपरिषद्को बैठक राति अबेरसम्म चल्ने गर्दछ । यसले गर्दा समाचार संकलन गर्न आउने पत्रकारहरु घण्टौ पर्खिनुपर्ने, भएकाले त्यसलाई व्यवस्थित गर्न यस्तो तयारी गरिएको हो ।
आईतबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सरकारको प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रीले गोकुल बास्कोटाले सार्वजनिक गर्नु भएन । बैठकबाहिर निस्किएपछि उहाले मन्त्रीपरिषदको बैठक बस्यो, धेरै विषयमा छलफल भयो । आवश्यक निर्णय गरिएको छ। समयक्रममा तपाईहरुले थाहा पाइहाल्नु हुन्छ’ मात्र भन्नु भयो ।
यसले लोकतन्त्रको मूल्य र मान्यता विपरीत अपारदर्शीतालाई मलजल गर्न सक्ने भन्ने विभिन्न तह तप्काबाट आलोचना भएपछि मन्त्री बास्कोटाले ७२ घण्टासम्म निर्णय गोप्य राख्ने कानुनी आधार रहेको भन्दै घुमाउरो तरिकाले अबदेखि मन्त्रिपरिषद्को निर्णय सार्वजनिक नहुने जानकारी दिनुभयो ।
यसैबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना लुकाउन नभई व्यवस्थित गर्न मन्त्रिपरिषद् बैठक लगत्तै निर्णय सार्वजनिक गर्ने कार्य रोकिएको जनाएको छ ।
प्रधानमन्त्री कार्यालयका अनुसार बैठक लगतै निर्णय सार्वजनिक गर्ने चलनले कहिले अदालतले निर्णय उल्टाईदिने, कहिले निर्णय सच्याउनुपर्ने अवस्थाले गर्दा निर्णय तल्काल सार्वजनिक नगर्ने मनस्थितिमा सरकार पुगेको हो ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...