नेपालका अनाथ बाल-बालिकाको सहयोगार्थ सांगेतिक कार्यक्रम हुदै 

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
नेपालमा अनाथ बालबालिकाहरू को सहयोगार्थ सिड्नीमा एक सांगेतिक कार्यक्रमको आयोजना हुदैछ। बिएमएस फिल्म्स र योर स्टाइल अष्ट्रेलियाको आयोजनामा हुदै गरेको उक्त कार्यक्रममा नेपालका बरिष्ठ लोक गयाक बम बाहादुर कार्की र अर्की लोक गायिका शिवा आले कार्कीको उपस्थित रहनेछ । गयाक/गायिका कार्कीलाई अर्की लोक प्रिय गायिका मन्जु पौडेलले साथ दिनेछिन् भने चर्चित संचारकर्मि (इमेज च्यानल -उकालि ओरलीबाट) अनुषा पौडेलले कार्यक्रममा होस्ट गर्नेछिन् ।
यसै गरि कार्यक्रममा नेपालका चर्चित फेसन डिजाइनर उत्तम नेपालीले  डिज़ाइन गरेका बिभिन्न फेसनहरु मा स्थानीय मोडेलहरु रयाम्पमा उत्रने छन् । २५ डलर तोकिएको उक्त कार्यक्रममा बिक्रि भएको टिकट बाट प्रति टिकट ५ डलर अनाथ बाल-बालिकाको सहयोगार्थ जाने पनि कार्यक्रम आयोजकको तर्फबाट बिरेन्द्रदिप मल्लले जनाए । २३ नोभेम्बेर साँझ ६ बजेबाट सिड्नी रक्डेलको रेड क्याप्सिकम फंक्सन सेन्टरमा हुने उक्त कार्यक्रम सम्बन्धि थप जनाकारीका लागि बिरेन्द्र दिप मल्ल  0413433515 वा नमित चन्द 0451 475 525 मा सम्पर्क गर्न सकिनेछ।