मनाइयो नेपाल संवत्

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– नेपाल संवत् राष्ट्रिय संवत् आन्दोलनका प्रणेता पद्मरत्न तुलाधरको निधनले स्थगित गरिएको र्‍याली आज आईतबार आयोजना गरिएको छ । नेपाल संवत्का प्रवर्तक तथा राष्ट्रिय विभूति शंखधर साख्वाःको स्मरण गर्दै काठमाडौंमा ‘शंखधर दिवस र भिन्तुना र्‍याली निकालिएको हो । २०५६ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले शंखधर साख्वाः लाई राष्ट्रिय विभूति घोषणा गर्नुभएको थियो ।

यस अघि नेपाल संवत् ११३९ प्रारम्भ भएको दिन नयाँ वर्ष न्हुदँ समारोह समितिले तुलाधरको निधनप्रति श्रद्धा सुमन व्यक्त गर्दै भिन्तुना र्‍याली लगायत पूर्वनिर्धारत सम्पूर्ण कार्यक्रम स्थगित गरेको थियो । कामपा वडा नं १५ लखुतीर्थमा आईतबार साख्वाःको सालिकमा श्रद्धासुमन अर्पण गरिएको थियो ।

यसैबीच नेपाल संवत् आन्दोलनका प्रणेता पद्मरत्न तुलाधरको निधनले स्थगित गरिएको नव वर्ष नेपाल संवत् ११३९ प्रारम्भ भएको खुशियालीको र्‍याली पनि आईतबार नै निकालिएको थियो । बिहान बसन्तपुर डबलीबाट निकालिएको बाजागाजासहितको र्‍याली शहरको भित्री भागको परिक्रमापछि सभास्थल पुगेको थियो । र्‍यालीमा काठमाडौका विभिन्न टोलका साहित्यिक, साँस्कृतिक तथा सामाजिक सङ्घसंस्थाको सहभागिता रहेको थियो ।