जापानद्वारा ३५ करोड ६० लाख अनुदान

काठमाडौ- जापान सरकारले खाद्य सहायता कार्यक्रमअन्तर्गत नेपाललाई ३५ करोड ६० लाख रुपैयाँ अनुदान सहायता उपलब्ध गराउने भएको छ । अनुदान सहायतासम्बन्धी समझदारीपत्रमा नेपालका लागि जापानका राजदूत मासामिची साइगो र जापानका लागि नेपालका राजदूत प्रतिभा राणाले जापानको परराष्ट्र मन्त्रालयमा आयोजित विशेष समारोहमा हस्ताक्षर गर्नुभएको परराष्ट्र मन्त्रालयले आज जनाएको छ ।
जापानको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उनका समकक्षी तारो कोनोबीच प्रतिनिधिमण्डल स्तरीय वार्तापछि मन्त्रीद्वयको उपस्थितिमा दुवै मुलुकका राजदूतले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
नेपालमा खाद्य सुरक्षा सुनिश्चित गर्न जापान सरकारले उक्त सहायता उपलब्ध गराएको हो । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपालको सामाजिक, आर्थिक एवं भौतिक पूर्वाधार विकासमा जापानले निरन्तर सहयोग गर्दै आएको छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...