साइना बन्दै श्रद्धा

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

अभिनेत्री श्रद्धा कपुर आफ्नो पछिल्लो फिल्म ‘स्त्रि’ को सफलतापछि चर्चामा छिन् । उक्त फिल्मको सफलतासंगै उनको व्यस्तता पनि बढेको छ । यतिबेला उनी एउटा नयाँ फिल्ममा व्यस्त छिन्, जुन बायोपिक हो । उनी लामो समयदेखि साइना नेहवालको वायोपिकका लागि तयारी गरिरहेकी छिन् । अब चाँडै उक्त फिल्म छायांकनमा जाने बताइएको छ । साइना नेहवाल भारतकी चर्चित ब्याडमिन्टन खेलाडी हुन् । उनले छोटो समयमै अन्तर्राष्ट्रिय रूपमै आफ्नो राम्रो पहिचान बनाएकी थिइन् । फिल्मको फस्ट लुक्स केही समयअघि सार्वजनिक गरिएको थियो । उक्त पोस्टरमा श्रद्धालाई मात्र चित्रण गरिएको छ । फिल्मको छायांकन आगामी डिसेम्बरमा प्रारम्भ हुने बताइन्छ । उक्त फिल्ममा श्रद्धासँग इशान नकवीले स्क्रिन सेयर गर्ने पक्का भएको छ । अमोल गुप्तेले निर्देशन गर्ने यो फिल्म साइनाको जीवन संघर्ष तथा प्रेममा केन्द्रित हुने बताइएको छ ।