महंगी कंगना

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

बलिउडमा अभिनेता अभिनेत्रीको पारिश्रमिकको विषयमा निकै चर्चा हुन्छ । फिल्म पद्मावतको प्रदर्शनसँगै दीपिका पादुकोण सर्वाधिक महँगी अभिनेत्री भएकी थिइन् । उनले त्यसमा लिएको रकम उक्त मितिसम्म अन्य अभिनेत्रीले लिएका थिएनन् । हालै बलिउड क्विन कंगना रणावतले दीपिकालाई उछिनेको बताइन्छ । कंगनाले मणिकर्णिका : दि क्विन अफ झाँसीका लागि २२ करोड पारिश्रमिक बुझेकी छिन् । यो रकम हालसम्म बलिउडका कुनै पनि अभिनेत्रीले लिएका छैनन् । फिल्म पद्मावतका लागि दीपिकाले १२ करोड पारिश्रमिक बुझेकी थिइन् । कंगनाको नयाँ फिल्म मणिकर्णिकार आगामी वर्षको जनवरी २५ मा प्रदर्शनमा आउँदैछ ।