क्यान्सरमुक्त इरफान

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

अहिले बलिउड अभिनेता इरफान खान क्यान्सरसंग लडिरहेका छन् । न्युरोएंडोक्राइनको क्यान्सरबाट पिडित इरफानको लन्डनको एक अस्पतालमा उपचार भैरहेको छ । उनी उपचारको अन्तिम चरणमा छन् र सफल उपचार पछि चाडै नै भारत फर्कंदै पनि छन् । इरफानका प्रबक्ताका अनुसार उनी दिपावलीभन्दा पहिले नै भारत फर्किने छन् । भारतीय मीडियामा इरफान भारत फर्केपछि नयाँ फिल्म ‘हिन्दी मीडियम–२’ को छायांकनमा व्यस्त हुनेछन् भन्ने कुराको चर्चा छ । यद्धपि इरफानका प्रवक्ताले यो केवल हल्ला मात्र भएको बताएका छन् । इरफानले यहि बर्षको मार्चमा आफुलाई क्यान्सर भएको ट्वीटरमार्फत सार्वजनिक गरेका थिए । उनले ट्वीटरमा लेखेका थिए –‘जिन्दगीसंग आफुले आशा गरेको कुरा नदिएको भनि अरोप त लगाउन मिल्दैन । पछिल्लो केहि समयमा मैले जिवनमा अचानक अगाडि अएका कुराहरुले हामीलाई अगाडि बढ्न सहयोग गर्छ भन्ने कुरा सिकेको छु । मैले आफुलाई न्यरोएंडोक्राइन टयुमर भएको थाहा पाएँ, यसलाई सजिलै स्विकार गर्न सहज थिएन् । तर मेरा वरपर रहेका शुभचिन्तकहरुको माया, शुभकामना र मेरो इच्छाशक्तिले मलाई रोगसँग लड्ने शक्ति दिएको छ ।’