विद्यालय पुननिर्माणलाई बेलायतबासीको १४ लाख सहयोग

अष्ट्रेलिया– बाढीले क्षतिग्रस्त म्याग्दीको एक विद्यालयको पुननिर्माण र बाढी पीडित स्थानीयलाई बेलायतमा रहेको नेपालीहरुले १४ लाख रुपैयाँ सहयोग जुटाएका छन् । रघुगंगा गाउँपालिका–८ कुईनेमंगलेमा गत भदौ महिनामा रघुगंगा नदीमा आएको बाढीले क्षतिग्रस्त रितुङ माविको भवन पुननिर्माण र बाढी पीडित २ घर परिवारलाई बेलायतमा रहेका कुईनेमंगलेबासीको अगुवाईमा १३ लाख ९० हजार ५ सय ३० रुपैया सहयोग जुटाएका हुन् । उक्त सहयोग बाढीले घरबार विहिन भएका खरिबोटका २ घरपरिवारलाई ६ लाख र बाँकी ७ लाख ९० हजार ५ सय ३०रुपैयाँ रितुङ मावि पुननिर्माणकोलागि पठाईएको अर्थसंकलनका अभियन्ता मिमप्रसाद छन्त्यालले जानकारी दिए ।
विद्यालयको लागि उपलब्ध गराईएको सहयोग रकम बिपद व्यवस्थापन समितिका संयोजक एवम रघुगंगा गाउँपालिका–८ का वडा अध्यक्ष गमान छन्त्याल र घरबारबिहिन परिवारको लागि उठेको सहयोग रकम स्थानीय खरिबोट आमा समुह मार्फत सम्बन्धित ठाउँमा उपलब्ध गराईने तयारी गरिएको छन्त्यालले बताए । ‘जन्मथलोमा आईपरेको विपत्तलाई व्यवस्थापनमा सहयोग पुगोस भनेर आर्थिक संकलन गरेका हौँ, बेलायतमा बस्ने कुईनेमंगलेबासी संगै अन्य नेपालीहरुले समेत खुलेर सहयोग गर्नुभयो, सहयोगले विद्यालय र घरबार विहिन भएकाहरुको घर पुननिर्माणमा सहयोग पुग्ने अपेक्षा गरेका छौँ’ उनले भने ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...