सरकार अधिनायकवादतर्फ अघि बढेको देउवाको आरोप

भैरहवा– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको गलत कदम विरुद्ध नबोल्दा सरकार थप अधिनायकवाद तर्फ लम्किएको बताउनु भयो । उहाँले केपी ओलीको विरोध गर्न किन डराएको भन्दै पार्टीका नेताहरुलाई प्रश्न समेत गर्नु भयो ।
नेपाली कांग्रेस महासमिती बैठक सन्दर्भमा राजनैतिक एवं मस्यौदा सुझाव संकलनका लागि बिहिवार भैरहवामा आयोजित पाँच नम्बर प्रदेश स्तरीय कार्यशालाको उद्घाटन गर्दै सभापति देउवाले आफ्नै पार्टीका नेताहरु आफु विरुद्ध लागेपनि अधिनायकवादतिर लम्किरहेको केपी ओलीको विरुद्ध विरोध नगरेको बताउनु भयो ।
मुलुकमा हत्या बलात्कारका जस्ता घटना दिनप्रतिदिन बढ्दै गएपनि हाम्रा नेताहरु सरकारका गलत कदम प्रति बोल्न सकेका छैनन् उहाँले प्रश्न गर्दै भन्नु भयो अहिले मेरो विरुद्ध बोल्न सजिलो छ तर ओली विरुद्ध हाम्रो पार्टीको नेता किन बोल्दैनन् । उहाँले थप्नु भयो नेकपाका नेता माधव कुमार नेपाल केपी ओली विरुद्ध बोलिसके, के माधव नेपाल बोल्ने जति हिम्मत हाम्रो नेताहरुमा छैन् । नेकपाविरुद बोल्नुस, किन डराउनुहुन्छ रु
कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेसका नेता गोपालमान श्रेष्ठले वर्तमान सरकारले काठमाण्डौँको खाल्टो समेत पुर्न नसकेको बताउँदै सरकार असफल भइसकेको बताउनु भयो । पूर्व उपप्रधानमन्त्री समेत रहेका उहाँले सरकारले वर्षौ अघिको प्रहरी प्रतिष्ठान हटाउने प्रत्यन गरेको बताउँदै मुलुकमा शान्ति सुरक्षा समेत कायम गर्न नसकेको आरोप लगाउनु भयो ।
नेपाली काँग्रेस संसदिय दलका सचेतक बालकृष्ण खाँणले केपी ओलीले संविधानको खिलाफ काम गरिरहेको आरोप लगाउँदै मुलुकमा सरकार रहेरनरहेको खोज्नुपर्ने अवस्था आएको बताउनु भयो ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...