दुर्घटनामा निधन भएकाहरुको सनाखत

डडेल्धुरा– डडेल्धुरा र डोटी जोड्ने डाक्टर केआई सिंह राजमार्गको रडुवा खोलामा हिजो बिहिबार साँझ भएको स्कुल बस दुर्घटनामा परी ज्यान गुमाएका १८ जनाको सनाखत भएको छ ।
ट्राफिक प्रहरी पोष्ट डडेल्धुराका प्रमुख प्रहरी नायब निरिक्षक गणेश नागारीले दिनु भएको जानकारी अनुसार स्कुल बस दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा कैलाली गोदावरी नगरपालिका २ बस्ने बर्ष २१ को केशब कडायत, सोही नगरपालिका १० बस्ने बर्ष २० की शारदा कडायत, डोटीको शिखरनगरपालिका ७ बस्ने बर्ष २२ को योगेन्द्र बोहरा,सोही नगरपालिका ७ बस्ने बर्ष २४ को शंकर जोरा, सोही नगरपालिका ८ बस्ने बर्ष २२ की शारदा रावत, कैलाली धनगढी उप–महानगरपालिका बस्ने बर्ष २८ को नारायण चौधरी, डोटीको दिपायल सिलगढी नगरपालिका–ं ४ बस्ने बर्ष ३५ की सशी विक, शिखर नगरपालिका वडा नं ११ बस्ने बर्ष २५ की गोदा भाट, शिखर नगरपालिका ८ बस्ने बर्ष ४० का कैलाश रावल, सोही ठाउँका ४० वर्षीय योगेन्द्र रावल रहेका छन् ।
त्यसै गरी डडेल्धुराको नवदुर्गा गाँउपालिका–३ का २२ वर्षीय चक्र धामी, डोटी शिखर नगरपालिका–१० बस्ने रोहित बलायर, डडेल्धुरा जिल्ला गन्यापधुरा गाउपालिका ३ बस्ने बर्ष ३० की माया रावल, कैलाली गोदावरी नगरपालिका १० बस्ने पुरन कठायत, डडेल्धुरा नवदुर्गा गाउपालिका ३ बस्ने बर्ष १७ को तिलक खाती,सोही ठाउ बस्ने बर्ष ३० को तेज धामी,डोटीको शिखर नगरपालिका १० बस्ने बर्ष १५ को शागर बलायर,शिखर नगरपालिका ११ बस्ने बर्ष २४ को पदम बिक ज्यान गएको हो ।
ज्यान गुमाएकाहरुको पोष्टमाटम डडेल्धुरा स्थित उप क्षेत्रीय अस्पतालमा गरीने तयारी भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरिक्षक खगेन्द्र साँवदले जानकारी दिनु भयो ।
उक्त बस दुर्घटनामा परी १८ जनाको ज्यान गएको छ भने २६ जना घाईते भएका छन् । डोटीको शिखर नगरपालिका बानीडुग्री सैन स्थित पिसजोन एकेडेमी स्कुलको बस अमरगढी नगरपालिका स्थित उग्रतारा मेला बाट फर्किदा बस दुर्घटनामा परेको हो ।
घाईते मध्ये गम्भिर अवस्थामा रहेका ११ जनालाई थप उपचारका लागि कैलाली तर्फ रिफर गरिएको,दुई जना डिस्चार्ज गरिएको छ भने अन्य १३ जनाको उप क्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भईरहेको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...