दुर्घटनामा निधन भएकाहरुको सनाखत

डडेल्धुरा– डडेल्धुरा र डोटी जोड्ने डाक्टर केआई सिंह राजमार्गको रडुवा खोलामा हिजो बिहिबार साँझ भएको स्कुल बस दुर्घटनामा परी ज्यान गुमाएका १८ जनाको सनाखत भएको छ ।
ट्राफिक प्रहरी पोष्ट डडेल्धुराका प्रमुख प्रहरी नायब निरिक्षक गणेश नागारीले दिनु भएको जानकारी अनुसार स्कुल बस दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा कैलाली गोदावरी नगरपालिका २ बस्ने बर्ष २१ को केशब कडायत, सोही नगरपालिका १० बस्ने बर्ष २० की शारदा कडायत, डोटीको शिखरनगरपालिका ७ बस्ने बर्ष २२ को योगेन्द्र बोहरा,सोही नगरपालिका ७ बस्ने बर्ष २४ को शंकर जोरा, सोही नगरपालिका ८ बस्ने बर्ष २२ की शारदा रावत, कैलाली धनगढी उप–महानगरपालिका बस्ने बर्ष २८ को नारायण चौधरी, डोटीको दिपायल सिलगढी नगरपालिका–ं ४ बस्ने बर्ष ३५ की सशी विक, शिखर नगरपालिका वडा नं ११ बस्ने बर्ष २५ की गोदा भाट, शिखर नगरपालिका ८ बस्ने बर्ष ४० का कैलाश रावल, सोही ठाउँका ४० वर्षीय योगेन्द्र रावल रहेका छन् ।
त्यसै गरी डडेल्धुराको नवदुर्गा गाँउपालिका–३ का २२ वर्षीय चक्र धामी, डोटी शिखर नगरपालिका–१० बस्ने रोहित बलायर, डडेल्धुरा जिल्ला गन्यापधुरा गाउपालिका ३ बस्ने बर्ष ३० की माया रावल, कैलाली गोदावरी नगरपालिका १० बस्ने पुरन कठायत, डडेल्धुरा नवदुर्गा गाउपालिका ३ बस्ने बर्ष १७ को तिलक खाती,सोही ठाउ बस्ने बर्ष ३० को तेज धामी,डोटीको शिखर नगरपालिका १० बस्ने बर्ष १५ को शागर बलायर,शिखर नगरपालिका ११ बस्ने बर्ष २४ को पदम बिक ज्यान गएको हो ।
ज्यान गुमाएकाहरुको पोष्टमाटम डडेल्धुरा स्थित उप क्षेत्रीय अस्पतालमा गरीने तयारी भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरिक्षक खगेन्द्र साँवदले जानकारी दिनु भयो ।
उक्त बस दुर्घटनामा परी १८ जनाको ज्यान गएको छ भने २६ जना घाईते भएका छन् । डोटीको शिखर नगरपालिका बानीडुग्री सैन स्थित पिसजोन एकेडेमी स्कुलको बस अमरगढी नगरपालिका स्थित उग्रतारा मेला बाट फर्किदा बस दुर्घटनामा परेको हो ।
घाईते मध्ये गम्भिर अवस्थामा रहेका ११ जनालाई थप उपचारका लागि कैलाली तर्फ रिफर गरिएको,दुई जना डिस्चार्ज गरिएको छ भने अन्य १३ जनाको उप क्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भईरहेको छ ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...