नेपाल फेस्टिभलमा नेपालमय बनेको सिड्नी  

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
सन् २००६ देखि प्रत्येक २/२ बर्षमा सम्पन्न हुदै आइरहेको नेपाल फेस्टिभल सिड्नीको सातौ संस्करण २४ डिसेम्बरका दिन भब्यताका साथ सम्पन्न भएको छ । अनुमानित पैतालिस हजारले  (इन -आउट) सहभागिता  जनाएको उक्त फेस्टिभल सम्पन्न डार्लिङ्ग हर्बरको तोम्बोलन पार्क सहित  सिड्नी सिटि आउने लगभग सबै जस्ता प्रमुख ट्रेन स्टेसनहरु ढाका टोपी, सारी र चोलीमय देखिएको थियो । अष्ट्रेलियन केन्द्रिय सरकारका  इमिग्रेसन एबं सिटिजनशिप एबं मल्टीकल्चर मिनिस्टर डेबिड कोलम्यानको प्रमुख अतित्थता,  अष्ट्रेलियाका लागि  नेपाली राजदुत महामहिम लक्की शेर्पा बिशेष अतिथि,  न्युसाउथवेल्सका प्रिमियरका प्रतिनिधि एवं एमपी मार्क कुर्रे, यस्तै लेबर पार्टीकी नेतृ एबम एमपी मिशेल रोल्यान्ड र जुलिया फिन, एनआरएनएका  पुर्ब केन्द्रिय अध्यक्ष शेष घले  संरक्षक इन्द्रा बन, क्षेत्रीय संयोजकहरु, आइसिसि सदस्यहरु,  एनआरएनए अष्ट्रेलियाक पुर्ब अध्यक्षहरु,एनएसडब्लुका महाबाणिज्यदुत दिपक खडका, फेस्टिभलका सदभावना दुत विश्व साइकलयात्री पुस्कर शाह लगायतको उपस्थिति रहेको थियो । नेपाली समुदाय र संघ संस्थाका प्रतिनिधिहरु, अन्य समुदायका प्रतिनिधिहरु अस्ट्रेलिया भरि बाटै उपस्थित नेपालीहरु र नेपाललाई माया गर्ने बिदेशी मित्रहरु को उपस्थितिमा महोत्सबको उद्घाटन इमिग्रेसन एबं सिटिजनशिप मिनिस्टर डेबिड कोलम्यानले अन्य अतिथिहरु सहित पनाशमा बत्ति बालेर गर्नु भएको थियो ।
त्यसै गरि बिभिन्न झाँकी र नेपालको बिबिधता झल्कने प्रस्तुतिहरु सहित पर्यटकीय दृष्टिकोणले समेत अति महत्वपूर्ण मानिने र सिड्नीको केन्द्र टाउन हलबाट बिहानै १०.००  करिब १००० भन्दा धेरै सहभागीहरु बीच  प्रभात फेरिमा सहभागी भएका थिए ।  उक्त परेड तोम्बोलन पार्कमा पुगी नेपाल फेस्टिभलमा परिणत भएको थियो ।
उद्घाटन पश्चात प्रमुख अतिथि इमिग्रेसन एबं सिटिजनशिप एबं मल्टीकल्चर मिनिस्टर  डेभिड कोल्मायनले आफु आघिल्लो पटकको नेपाल फेस्टिभलमा समेत सहभागी भएको स्मरण गर्दै नेपाली समुदाय अष्ट्रेलियाको बहुसांस्कृतिक समुदायमा एक दम छिटो स्थापित समुदाय भएको बताए । यसै गरि न्यू साउथवेल्सका प्रिमियरका प्रतिनिधि एवं एमपी मार्क कुर्रेले नेपालीको प्रशंसा गर्दै बहुसंस्कृतिक समुदायमा नेपाली समुदायको ठुलो योगदान रहेको बताए । यसै गरि अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले नेपाल फेस्टिभल जस्तो कार्यक्रमको आयोजना गरेर नेपाली कला संस्कृति र पहिचानलाई अस्ट्रेलियामा चिनाउन ठुलो योगदान गर्ने फेस्टिभल आयोजक, प्रायोजक र सबै नेपाली समुदायका सदश्यलाई धन्यबाद दिदै यो महोत्सबले आउदै गरेको नेपाल भ्रमण बर्षलाई पनि ठुलो टेवा पुग्ने बताइन् । यसै गरि महोत्सबमा एमपी एबम लेबर पार्टीकी नेतृ मिशेल रोल्यान्ड, जुलिया फिनले पनि बिगतमा जस्तै यस पटक पनि नेपाल फेस्टिभलमा सहभागिता जनाउन पाउदा नेपाल र नेपालीलाई झन् नजिकबाट चिन्न र जान्न पाउदा निक्कै खुसि लागेको बताए ।  यसै गरि कार्यक्रममा एनआरएनका पूर्व अध्यक्ष शेष घले, इभेन्ट पार्टनर मल्टीडायनामिक रियल स्टेटका प्रिन्सिपल मेघराज पौडेलले पनि फेस्टिभल सफलताको कामना गर्दै सबैमा धन्यवाद व्यक्त गरेका थिए।
यस पटकको नेपाल महोत्सबको प्रमुख आकर्षण बनेको नेपाल हाउसको धेरै भन्दा धेरै सहभगीहरुले अबलोकन गरेका थिए ।  कार्यक्रम स्थलको केन्द्रमा रहेको उक्त नेपाल हाउसको निर्माण र रेखदेखको जिम्मा एनआरएनए वोमन फोरम नारी निकुन्ज अष्ट्रेलियाले गरेको थियो । नेपालको स्वयम्भुनाथको झल्को दिने र सोहि शैलीको नेपाल हाउसमा नेपाल चिनाउने बिबिध सामग्री हरु र कृषी जन्य कार्यमा प्रयोग हुने बिबिध सामग्रीहरु एकदमै आकर्षण शैलीमा प्रस्तुत गरिएको थियो भने सहभागी सबैले नेपाल हाउसको उच्च प्रंशसा गरेका थिए।
फेस्टिभलमा यस कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबै प्रायोजकहरुलाई सम्मान गरिएको थियो, यसी गरि फेस्टिभल संग जोडिएका सबैलाई  एनआरएन अष्ट्रेलियाका अध्यक्ष टोनु घोताने र नेपाल फेष्टिभल सिड्नीका संयोजक नन्द गुरुङ्गले धन्यवाद व्यक्त गरेका थिए ।
औपचारिक कार्यक्रमको समाप्ति संगै अष्ट्रलियामा रहेका नेपाली प्रतिभाहरु र नेपलबाट आएका गयाकहरु पशुपति शर्मा र शिब हमालको लोक भाका देखि बिश्व नेपाली, तृष्णा गुरुङ्ग हुदै राजेश पायल राई सम्मका गयाक गयिकाहरु ले आफ्ना गित संगीतमा सबै सहभागीहरु सबैलाई नचाएका थिए,  मनोरंजन दिएका थिए भने नेपाली नायिका आंचल शर्माले बिभिन्न गीतमा आकर्ष नृत्य प्रस्तुत गरेकी थीइन ।  दिन भर जसो नै नेपालका बहुसंस्कृतिक झल्कने बिबिध प्रस्तुतिहरुमा यहाँका स्थानीय प्रतिभाहरुले बिबिध नृत्यहरु प्रस्तुत गरेका थिए ।  नेपाली र अस्ट्रेलियन राष्ट्रिय गानबाट सुरु भएको उक्त कार्यक्रम अतिशबाजी सहित समाप्त भएको थियो ।