निगमको वाइडवडी खरिदमा अनियमिता भएको आरोप

काठमाडौं– नेपाल वायु सेवा निगमको एयरबस-३३० विमान खरिद प्रक्रिया त्रुटीपूर्ण रहेको सांसदहरूले बताएका छन् । नेपाल वायु सेवा निगमले खरिद गरेको एयरबस-३३० विमान खरिदका विषयमा महालेखापरीक्षकको प्रतिवेदनले प्रश्न उठाएपछि प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले छानविन थालेको हो ।
समितिको बैठकमा बोल्ने अधिकांश सांसदहरूले विमान खरिद गर्दा भ्रष्टाचार भएको दाबी गरेका थिए । समितिका सभापति भरत शाहले वाइड बडी विमान खरिद प्रक्रिया छानविन गरी सत्यतथ्य सार्वजनिक गरिने बताए । बैठकमा नेकपाका सांसद हृदयेश त्रिपाठीले निगम व्यवस्थापनका कारण विमान खरिद प्रक्रिया विवादित भएको बताए ।
समितिले यस विषयमा छानविन गरी दोषीलाई कारवाही नगरिए नागरिक लगानी कोष र सञ्चय कोषले निगममा गरेको कर्जा लगानी जोखिममा पर्ने उनले दाबी गरे । निगमले नागरिक लगानी कोष र सञ्चय कोषबाट रु। २५ अर्ब कर्जा लिएर विमान खरिद गरेको थियो । कांग्रेस सांसद मीनेन्द्र रिजालले विमान खरिदका विषयको स्वामित्वमा प्रश्न उठ्दा सरकारले स्पष्ट जवाफ दिन नसकेकाले अनियमितताको शंका उत्पन्न भएको बताए ।
सांसदहरू सूर्य पाठक, अमनलाल मोदी, राजेन्द्रकुमार केसी, प्रेम आले, विरोध खतिवडा, लेखराज भट्टलगायतले निगमले सीधै एयरबस कम्पनीबाट नभई मध्यस्थकर्ता कम्पनीबाट खरिद गरेकाले अनियमितताको आशंका भएको बताए ।
निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले सार्वजनिक खरिद ऐन र निगमको खरिद नियमावलीअनुसार नै विमान खरिद गरेकाले भ्रष्टाचार नभएको दाबी गरे । समितिलाई छानविनका लागि आग्रह गर्दै सहयोग गर्न तयार रहेको उनले बताए ।
सत्तारुढ दलका सांसद प्रेम आलेले विमान खरिद प्रक्रियामा संलग्नलाई महालेखापरीक्षकको प्रतिवेदनअनुसार कारवाही हुनुपर्ने माग गरे । त्रिपाठीलगायत सांसदले उपसमिति बनाएर छानविन गर्नुपर्ने माग गरे पनि रिजाल, खतिवडालगायतले समितिमै थप छलफल आवश्यक भएको बताउँदै तत्काल उपसमिति बनाउन नहुने धारणा राखेका थिए।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...