सामाजिक सुरक्षा दिवस नयाँ युगको सुरुवात : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम सामाजिक सुरक्षा दिवसलाई नयाँ युगको सुरुवाती दिनको संज्ञा दिएका छन् । पहिलो सामाजिक सुरक्षा दिवस तथा योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू भएको अवसरमा एक सन्देश दिँदै प्रधानमन्त्री ओलीले उक्त कुरा उल्लेख गरेका हुन् ।
आजको दिनबाट सरकारले हुँदाखाने र हुनेखाने, रोजगारीमा रहेका र रोजगारी गुमाएका सबैलाई समेट्ने नयाँ प्रणालीको थालनी गरेको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ । प्रधानमन्त्री ओलीको सन्देशमा आजबाट सामाजिक सुरक्षाका योजनाहरु लागू भएको उल्लेख छ ।
अघिल्लोपटक प्रधानमन्त्री हुँदा नै सबैको सहभागितामा सामाजिक सुरक्षाको योजना लागू गर्ने प्रतिबद्धता व्यक्त गरेको प्रधानमन्त्री ओलीले स्मरण गरेका छन् । ‘श्रमको सम्मान गर्ने, सबैलाई श्रममा लाग्न उत्प्रेरित गर्ने र आधुनिक सभ्य समाजअनुरूप सबैको संरक्षण गर्ने प्रणालीमा हामी आजैबाट प्रवेश गर्दै छौं,’ प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।
प्रधानमन्त्री ओलीले सबै देशवासीलाई सामाजिक सुरक्षा योजना शुभारम्भको अवसरमा सुरक्षित भविष्यको शुभकामना पनि व्यक्त गरेका छन् ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...