सिँगापुरमा कृष्टीले जितिन् ‘मिस इन्टरनेशनल व्यूटी एम्ब्रसडर’ उपाधी

सिड्नी । नेपाली चेली कृष्टी थापाले सिँगापुरमा भएको सुन्दरी प्रतिस्पर्धामा मिस इन्टरनेशनल व्यूटी एम्ब्रसडरको उपाधी जित्न सफल भएकी छन् । टिकेएस एण्ड सन्स कम्पनीले आयोजना गरेको टिकेएस मिस इन्टरनेशनल सुन्दरी प्रतियोगितामा थापाले अष्टेलियाको प्रतिनिधित्व गर्दै सहभागिता जनाएकी हुन् । स्पर्धामा १८ देशका प्रतियोगि सहभागी थिए ।
गत जुलाइमा अष्टेलियामा सम्पन्न प्रतियोगितामा थापाले एकसय भन्दा बढी प्रतिस्प्र्धीलाई पछि पार्दै थापा सिँगापुर इभेन्टका लागि छनौट भएकी थिइन् । नोभेम्बर पहिलो साता सिँगापुरमा एक हप्तासम्म चलेको प्रतिस्पर्धामा मिस व्यूटी तर्फको विधामा एम्ब्रसडर उपाधी जित्न पाउँदा महत्वपूर्ण सफलता हासिल भएको थापाले बताइन् ।
‘म सन् २०११ म अष्टे«लिया आएकी हुँ, यो क्षेत्रमा सानै देखि चाहना थियो, यहाँ आएर पनि यस्ता प्रतियोगितामा भाग लिँदै जाँदा यो सफलता प्राप्त गरेकी छु’, उनले भनिन्, ‘अष्टेलियाकै स्थानीयका साथै यहाँ आएका विभिन्न देशका प्रतियोगिलाई पछि पारेर अष्टे«लियाकै प्रतिनिधित्व गर्दै सिँगापुर जान पाउनु मेरो करिअरको महत्वपूर्ण पाइला हो ।’
बेला–बेलामा नेपाली समुदायको फेशन शो जस्ता कार्यक्रममा आयोजना गर्दै आएकी थापा अर्को बर्ष भारतमा हुने मिस युनाइटेड नेशन अष्टे«लियामा पनि सहभागि हुदै छिन् । ‘त्यसका तयारीमा जुटिरहेकी छु’, उनले भनिन् । अष्टेलियामा फेशन डिजाइन सम्बन्धि अध्ययन गरिरहेकी थापा नर्स पनि हुन् ।

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...