समसायिक विषयमा इन्काउन्टर

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

लेखक तथा निर्देशक एनबी अञ्जानले फिल्म ‘इन्काउन्टर’ बनाउने घोषणा गरेका छन् । लतिलपुरको एकान्तकुनास्थित एउटा रेकर्डिङ स्टुडियोमा फिल्मको पहिलो गीतको रेकर्डिङ थालनी गर्दै अञ्जानले देशको समसामयिक विषयमा आधारित फिल्म निर्माण गर्न लागेको बताए । सविन श्रेष्ठ, छुल्ठिम गुरुङ, दिनेशजंग खड्का, फुर्वा दोर्जे तामाङ, राधिका घिमिरे, सावित्रा तामाङ, दीपक क्षेत्री, सुशिल पोखरेल आदि कलाकारले यो फिल्ममा अभिनय गर्दैछन् । फिल्मको निर्माण घोषणाको क्रममा स्तन क्यान्सर पीडित सीता चेम्जोङ लिम्बुलाई दश हजार एक रुपैया आर्थिक सहयोग गरिएको छ । त्यसक्रममा गायिका मीना निरौलाको स्वरमा फिल्मको आइटम गीत रेकर्ड गरिएको थियो ।