राजनराजलाई नगद

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

गायक, गीतकार तथा संगीतकार राजनराज शिवाकोटीलाई फिल्म ‘चंगा चेट’ का निर्माता माधव वाग्लेले उपहारस्वरुप नगद ५० हजार रुपैयाँ प्रदान गरेका छन् । फिल्मको ‘गोजीमा दाम छैन…’ गीतले यूट्युबमा डेढ करोड भ्युज पाएको खुशीयाली साटासाट गर्न आयोजित समारोहमा वाग्लेले शिवाकोटीलाई उक्त उपहार प्रदान गरेका हुन् । त्यक्रक्रममा फिल्मको यूनिटले केक काटेर खुशीयाली साटासाट गरेको थियो । ‘गोजीमा दाम छैन’ गीतमा राजनराजसंगै मेलिना राई तथा गृष्मा शिवाकोटीको स्वर छ भने हरिहर तिमिल्सिनाको शब्द । संगीतकार शिवाकोटीले आफू पाएको नगद उपहारको पाँच प्रतिशत रकम गीतकार तिमिल्सिनालाई हस्तान्तरण गर्ने घोषणा गरेका छन् ।