जोर–विजोर प्रणालीको अवज्ञा

काठमाडौ– सरकारले काठमाडौँ उपत्यकामा चल्ने सवारी साधनमा आज बुधवारदेखि प्रारम्भ गरेको ४ दिने जोरबिजोर प्रणालीको अवज्ञा भएको छ ।
अन्तराष्ट्रिय ग्रैह सरकारी संस्थाले आयोजना गरेको कार्यक्रममा राज्यले जनतालाई दुख दिएको भन्दै जोर बिजोर प्रणालीको उल्लङ्घन भएको बुझिएको छ । आफैमा विवादित र शंकास्पद सम्मेलनका निम्ति आम नेपाली जनतालाई सास्ती दिएको एक सवारीचालकले नेपाल समाचारपत्रलाई बताएका छन । सडकमा जोर बिजोर सबै नम्बर प्लेटका गाडी गुडिरहेको देखिएका छन ।
ट्राफिक प्रहरीले समेत यो प्रणालीको कडाइका साथ पालना गराउन सकेको छैन । ट्राफिक निरीह जस्तै भएर सडकमा उभिएको देख्न सकिन्छ । मंसिर १४ देखि १७ गतेसम्म काठमाडौंमा हुने एसिया प्यासिफिक समिटलाई व्यवस्थित गर्न जोरबिजोर प्रणाली लागू गरिएको हो । युनिभर्सल पिस फेडेरेसनको आयोजनामा मंसिर १४ देखि १७ गतेसम्म ह्यात रिजेन्सीमा हुन लागेको एसिया प्यासिफिक समिटमा ७ देशका राष्ट्र र सरकार प्रमुख तथा उपप्रमुख सहभागी हुँदैछन् ।
आजदेखि चार दिन उपत्यकामा चल्ने सवारी साधनहरूमा जोरबिजोर प्रणाली लागू गरिएको छ । मंसिर १३ आज र १५ गते नम्बर प्लेटको अन्तिमको अङ्क बिजोर भएको र १४ र १६ गते जोर भएका सवारी साधन मात्र चल्ने भनिएपनि आज जोर र बिजोर दुबै नम्बर प्लेटका गाडी चलिरहेका छन ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...