पूर्व अर्थमन्त्री सँग अन्तरक्रिया हुदै 

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
नेपाल सरकारका पूर्बअर्थमन्त्री एबम नेकपाका नेता एबम स्थायी समिति सदस्य माननीय सुरेन्द्र पाण्डेको बिशेष उपस्थितिमा सिड्नीमा एक अन्तरक्रिया सहित रात्री भोज कार्यक्रमको आयोजना हुदैछ ।  प्रबासी नेपाली एकता मंचको आयोजना हुन लागेको उक्त कार्यक्रम डिसेम्बर १ शनिबारका दिन 5 Good St Granville मा साँझ ५.३० बजे देखि हुन लागेको पनि आयोजकको तर्फबाट रमेश पाण्डेले जानकरी गराएका छन् । कार्यक्रम अर्का बिशेष अथितिका रुपमा बरिष्ट अधिबक्ता तथा पुर्व राष्ट्रपति सम्मानिय रामबरण यादबका कानुनि सल्लाहकार ड. सुर्य ढुङ्गेलको पनि उपस्थिति रहनेछ ।  बर्तमान राजनीतक परिवेश र नेपालको समसामयिक बिषयमा प्रतक्ष्य अन्तरक्रिया  गर्न पाइने यो कार्यक्रम उपस्थितिका लागि सबै नेपाली दाजु-भाई, दिदि -बैनीहरुमा संस्थाको तर्फबाट रमेश पाण्डेले हार्दिक अनुरोध गरेका छन्।
यसै गरि चितवन क्षेत्र नम्बर १ का सांसद समेत रहेका पूर्वअर्थमन्त्री पाण्डे सँग अष्ट्रेलिया भ्रमणको अबसर पारेर नेपालको समसामयिक बिषय बस्तु र भाबी योजनाको बारेमा  चितवन बासिहरु बीच भेटघाट एबम अन्तरक्रियाका लागि चितवन समाज अष्ट्रेलियाले पनि क्याम्सीको एडि किचेनमा डिसेम्बर २ तारिख आइतबार विहान नौ देखि बाह्रबजेसम्म अर्को कार्यक्रमको आयोजना गर्दैछ ।  संस्थाका अध्यक्ष छबि सापकोटाका अनुसार आफ्नो जिल्लाको सभासद संग भलाकुसारी गर्न र आफ्ना मनमा लागेका कुरा भन्न उँहा कुरा सुन्न यो कार्यक्रमको आयोजना गरिएको हो ।  कार्यक्रम उपस्थितिको लागि पनि चितवन समाजले सबै नेपाली दाजु-भाई, दिदि-बैनीहरुमा अनुरोध गरेको छ।