सिड्नीमा उधौली पर्ब मनाईदै 

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
किराँती समुदायको महान चाड उधौली सधैका बर्षहरु मा जस्तै यस पटक पनि सिड्नीमा बिबिध कार्यक्रम सहित मनाइदै छ । किराँत सोसाइटि एनएसडब्लुको आयोजनामा बिगतका बर्षहरु मा झैँ यो पटक पनि उधौली पर्ब हर्ष उल्लासका साथ मनाउने तयारी भाई राखेको जानकारी सोसाइटीले दिएको छ।
डिसेम्बर १ शनिबारका दिन मध्यान्हबाट ( १२ बजे बाट)  सुरु हुने सो कार्यक्रम वेटलाम पार्क अर्लउडमा हुदैछ। जुन टेम्पी रेल स्टेसनबाट छोटो पैदल दुरीमा रहेको छ । किराँती रिति रिबज अनुसारका नाच गान, पुजा पाठ र खान पिन सहित हुने सो कार्यक्रममा उपस्थितिको लागि किराँत सोसाइटि एनएसडब्लु सबै नेपाली दाजु-भाई, दिदी-बैनीहरु लाई हार्दिक अनुरोध गरेको छ। थप जानकारीका लागि राम 0433317206 वा  चित्र तुम्बाहाम्फे  0433911727 लाई सम्पर्क गर्न सकिने छ।