अष्ट्रेलियाका लागि नेपाली राजदूत माथि मानब तस्करको आरोप – दूताबासबाट आरोपको खण्डन
-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
नेपालको एक लाइभ टिभी शो सिधा कुरा जनता संगको प्रत्यक्ष कुराकानी मार्फत गत बर्ष सम्म नेपाली दूताबास क्यानबेरामा रहि महामहिम राजदुत लक्की शेर्पाका सहयोगीको रुपमा रही सकेका वाङछु शेर्पाले राजदूत माथि मानब तस्करको आरोप लगाएका छन् । बिना संसोधन प्रतक्ष्य प्रसारण गरिएको भनिएको उक्त टेलिभिजन कार्यक्रममा यसका प्रस्तोता रबि लामिछानेसंग को कुराकानीमा आफुलाई पिडत दाबि गर्ने वाङछु शेर्पाले आफु पनि राजदूतलाई रकम बुझाएर नै अष्ट्रेलिया आएको र यस पश्चात आफ्नी श्रीमतीको लागि र अन्य व्यक्तिहरु अष्ट्रेलिया आउनको लागि आफु र आफ्नी श्रीमती प्रयोग भएको तर पछि सम्झौता अनुसार काम नभएको उल्टै आफ्नी श्रीमतीलाई बैदेशिक कारोबारको केश बनाएर बिगत केहि महिना देखि नेपालमा जेलमा हालिएको पनि उनले दाबि गरेका छन् । किटानीका साथ आफुले पैसा राजदुत लक्की शेर्पाको श्रीमानलाई दिएको अनि यी सबै कुराका प्रमाणहरु र भ्वाइस रेकर्डिङ्ग आफु संग सुरक्षित रहेको पनि उनले उक्त टेलिभिजन संगको कुराकानीमा बताए।
त्यसो त उक्त आरोप एकतर्फी भएको र कसैले एकतर्फी आरोप लगाएकै भरमा धारणा ननबनाउन उक्त कार्यक्रमका प्रस्तोताले अनुरोध गरे पनि चारै तिर, त्यसमा पनि अष्ट्रेलियाको नेपाली समुदायमा यो नोभेम्बर ३० का दिन, दिन भर जस्तै चर्चाको बिषय बनिरह्यो । दूताबास संग सम्पर्क गर्न खोज्दा छिट्टै बिज्ञप्ति मार्फत यसको खण्डन गरिने बताइए पनि साँझ ढिलो गरेर दूताबासले एक बिज्ञप्ति जारि गरि महामहिम राजदूत माथि लागाइएको उक्त आरोपको खण्डन गरेको छ । विज्ञप्तिमा आरोपहरु असत्य भएको, निज वाङछु शेर्पाले नेपाल देखि सिङ्गपुर सम्म बिभिन्न व्यक्तिलाई बिभिन्न तरिकाले ठगिमा सक्रिय रहेको र दूताबास समेत चोरि गरि गत साल नोभेम्बरदेखि फरार रहेको जनाइएको छ । यस बिषयमा एक वर्षअघि नै कारवाहीको सिफारिश गरिएका र अष्ट्रेलियन परराष्ट्र मन्त्रालयमा पनि घटनाबारे जानकारी गराएको उल्लेख गरेको छ । यसै गरि नेपालमा निज शेर्पाकी श्रीमती थुनामा रहेको र उन माथि ठगीको मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको कारण पनि अदालतलाई समेत प्रभावित गर्ने किसिमले लगाइएको उक्त आरोपमा सत्यता नरहेको भन्दै यस्ता झुठा आरोपमा विश्वास नगर्न पनि दूतावासले सबैमा आग्रह गरेको छ ।
आरोप व्यक्ति व्यक्तिको भए पनि संस्था कै बदनामी
कतै न कतै केहि न केहि अस्पष्टता देखिने यो आरोप र प्रत्यारोपमा व्यक्ति भन्दा पनि नेपाली राजदूताबास जस्तो गरिमामय संस्थाको नाम आएका कारण पनि यसको चासो अष्ट्रेलियाबासि नेपालीहरु बीच निक्कै चुलिएको छ । ढिलो गरि आएको दूताबासको बिज्ञप्तिबाट यहाँको नेपाली समुदाय आश्वस्त भएको देखिदैन । आरोपित व्यक्ति अष्ट्रेलिया मै रहनु, दूताबासबाट बहुमुल्य बस्तु चोरीदा समेत निज यहाँको प्रहरीको फन्दामा पर्नुको साटो आरोपित वाङछु शेर्पाले आफु यहाँको फेडरल पुलिसको सम्पर्कमा रहि रहेको र फेडरल पुलिसबाट धेरै नै साथ र सहयोग पाएको बताई रहदा अरु धेरै प्रश्न हरु उब्जाएका छन् । अर्को तिर यहाँको पत्रकारिता खोज मुलक भन्दा पनि सामुदायिक हुनाका कारण आरोपित वाङछु शेर्पा संग व्यक्तिगत सम्पर्क भएकाहरु बाहेक उनि कहाँ छन् कुन अवस्थामा छन् भन्ने कुरामा अनभिज्ञता रहेको छ। उनि संग सम्पर्क स्थापना गर्न र उनले लाइभ टेलिभिजनमा बोलेका केहि मिनेटका कुरा बाहेक थप प्रष्ट हुन आफ्ठ्यारो स्थिति देखिदै गर्दा अष्ट्रेलियामा कार्यरत केहि मिडियाकर्मीहरु ले वाङछु शेर्पा सम्पर्कमा आएको र उनले दूताबासले लगाएको चोरी आरोप अस्विकार गरेको बताएका छन् । साथै यसका बारेमा थप जानकारी लिएर आउने बताएका छन्। राजदूताबास जस्तो संस्थालाई मुछिएको र संस्था कै बदनामी भएको यस घटनाको सत्य तथ्य वाङछु शेर्पा आफैले सहारा लिदै सम्पर्क गरको टेलिभिजन कार्यक्रम र यसका प्रस्तोता रबि लामिछानेले यस बारे थप सत्य तथ्य लिएर आउनेमा धेरै को बिश्वास छ।
यस्तो छ दूताबासको प्रेस विज्ञप्ति
यस्तो छ सिधा कुरा जनता संगको कुराकानीमा वाङछु शेर्पाले लागएको आरोप (१६ मिनेट पछि )