अष्ट्रेलिया टुरमा आउँदै नेपाल आइडलका टप सिक्स

सिड्नी–एपीवान टेलिभिजनबाट प्रशारण भइरहेको चर्चित गायन प्रतियोगिता नेपाल आइडल सिजन–२ को अष्ट्रेलिया टुर घोषणा भएको छ । आगामी जनवरीमा पर्थबाट सुरु हुने टुर तास्मनिया पुगेर अन्त्य हुनेछ । एमटी ८८४८ इभेन्ट ब्रिसवेनको व्यवस्थापनमा हुने टुरका लागि प्रतियोगिताको टप फाइभमा पुग्न सफल सुमित पाठक, अस्मिता अधिकारी, विक्रम बराल, रवि ओड र अमित बरालले जनाउनेछन् । टप सिक्सबाट बाहिरिएका पवन गिरिलाई पनि ‘फ्यान फलोइङ’का आधारमा कार्यक्रममा समावेश गरिएको आयोजकले जनाएको छ ।
इभेन्टका निर्देशक अभिमानसिंह बस्नेतले अष्ट्रेलियाको मुख्य ८ शहरमा साँगेतिक प्रस्तुतीका लागि कार्यक्रम तय गरिएको जानकारी दिए । उनका अनुसार, सिड्नी, पर्थ, ब्रिसवेन, मेलर्वन, तास्मनिया, क्यानवेरामा स्थानीय संघसंस्थाहरुको सहकार्यमा कार्यक्रम सम्पन्न गर्ने तय भइसकेको छ । अन्य दुई शहरमा पनि छिट्टै घोषणा हुनेछ । सिड्नीमा नेपाली टच, पर्थमा असनेपाल इभेन्ट र वेस्र्टन नेपाली क्रिकेट क्लब, ब्रिसवेनमा सिभेन्टस् ब्रिसबेन, मेलर्वनमा स्मार्ट एक्सेस इन्टरटेन्ट र क्यानवेरामा जिम गौली इभेन्ट म्यानेजमेन्टसँगको सहकार्यमा कार्यक्रम सम्पन्न गरिने निर्देशक बस्नेतले जानकारी दिए । ‘अष्टे«लियाको भुगोल ठुलो छ, बशोवाशको बनावट पनि उस्तै छ’, निर्देशक बस्नेतले भने, ‘सबै शहरमा रहने नेपालीहरुलाई साँगेतिक कार्यक्रम मार्फत एक ठाउँमा उभिने वातावरण सिर्जना गर्ने हाम्रो उद्देश्य हो ।’

विश्वमा सबैभन्दा बढी हेरिने टेलिभिजन शो मध्ये दोश्रो स्थानमा रहेको आइडलको दोश्रो सिजन अन्तिम चरणमा आइपुग्दा अझ रोमाञ्चक बन्दै गएको छ । अघिल्लो साता दोलखाका पवन गिरि टप सिक्सबाट बाहिरिएका थिए । कार्यक्रमलाई भव्य बनाउन हरेक शहरमा स्थानीय व्यवस्थापनले तयारीलाई तीब्र पारेका छन् । सबैभन्दा बढी नेपाली समुदायको वशोवाश रहेको सिड्नीमा फे्रबअरी ८ मा कार्यक्रम सम्पन्न गर्ने गरि तयारी सुरु गरेको नेपाली टचका दिपेश पुनले जानकारी दिए । ‘हाम्रो कार्यक्रममा एक्सपट एजेकेशन एण्ड भिषा सर्भिसलाई मूख्य प्रायोजकको रुपमा रहनेछ । कार्यक्रमको प्रचार–प्रसार र टिकट बिक्रीको काम पनि सुरु गर्दछौँ’, उनले भने ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...