नारी निकुञ्ज अष्ट्रेलियाले न्यायधिशद्वयको उपस्थितिमा अन्तर्क्रिया सम्पन्न
-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

एनआरएनए वुमन फोरम नारी निकुञ्ज अष्ट्रेलियाले नेपालको सम्मानित सर्बोच्च अदालतका न्यायधिशद्वय माननिय सपना प्रधान मल्ल तथा हरि कृष्ण कार्कीको बिशेष उपस्थितिमा एक अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेपाली दुताबास अष्ट्रेलियाको समन्वयमा अष्ट्रेलियाको अध्यान भ्रमणमा आउनु भएका माननिय न्यायधिशद्वयको केहि समय लिएर नारी निकुञ्ज अष्ट्रेलियाले गरेको यस भेटघाट एबम अन्तरक्रिया कार्यक्रममा न्यायधिशद्वयले नेपालको नयाँ संबिधान बने पश्चातको बदलिदो बिबिध नियम कानुन र नयाँ संहिताका बारेमा आ-आफ्नो भनाइ राख्नु भएको थियो । वुमन फोरमकी राष्ट्रिय संयोजक प्रतिज्ञा अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा एनएसडब्लु संयोजक सन्ध्या शाहले न्यायधिशद्वयको छोटो परिचयका साथ उपस्थित सबैलाई स्वागत गर्नु भएको थियो । कार्यक्रममा अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा समेत अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो । राजुदुत शेर्पाले कार्यक्रममा सम्बोधन गर्दै न्यायधिशद्वयको यो उपस्थितिलाई सके सम्म उपयोग गर्दै आफ्ना ब्यक्तिगत समस्या र अदालतमा बिचाराधिन मुद्दाहरुका अलावा समग्रमा सुमदायका सदस्यहरुलाई परेका या पर्न सक्ने समस्या या बिभिन्न अन्योलका बिषयमा सके सम्म धेरै कुराहरु जान्न बुझ्न यो फोरमको उपयोग गर्न सबैलाई अनुरोध गर्नु भएको थियो । फोरमकी सचिब मोनी लिम्बुले संचालन गर्नु भएको उक्त कार्यक्रमलाई नारी निकुञ्जकी पुर्ब संयोजक एबम बर्तमान आइसिसि सदस्य बबिता श्रेष्ठले अन्तरक्रिया कार्यक्रमको संयोजन गर्नु भएको थियो । अन्तरक्रिया कार्यक्रममा सहभागीहरु ले बिबिध र समसामयिक बिषय एबं भिन्न देशमा रहदा पर्न सक्ने छोडपत्र, क्ष्यतिपूर्ति लगाएतका बिषयमा जिज्ञासा राखेका थिए । सबै जिज्ञासाहरुलाई न्यायधिशद्वयले प्रकाश पर्नु भएको थियो।
कार्यक्रममा एनआरएनए ओसियनाका संयोजकले समेत छोटो सम्बोधन गर्दै यस्ता कार्यक्रम धेरै शिक्षाप्रद हुने बताए । कार्यक्रममा एनआरआरएनए बर्तमान कार्यसमितिका अगुवाहरु पुर्बअध्यक्ष, पुर्बओसियना संयोजक, आइसिसि सद्स्यहरु बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु एबं नारी निकुञ्जका पदाधिकारीहरुको उपस्थिति थियो । कार्यक्रमको समापन गर्दै वुमन फोरमकी संयोजक प्रतिज्ञा अधिकारीले न्यायधिशद्वयको यो गरिमामय उपस्थितिले मात्रै पनि सबैलाई ठुलो हौसला र आत्मबल मिलेको साथै कार्यक्रममा उठेका सबै सबाल जबाफ र न्यायधिशद्वयका विचारहरु सबैको लागि उपयोगी भएको बताइन र सहभागी सबैलाई धन्यवाद व्यक्त गरिन।