सिड्नीमा उधौली मनाइयो 

-- - सिमा सुब्बा ?>
किराँतीहरुको महान चाड उधौली / चासोक तङनाम सधैका बर्षहरु मा झैँ यो साल पनि किराँत सोसाईटी अफ न्यु साउथ वेल्सको आयोजनामा बिबिध कार्यक्रम सहित भब्यताका साथ सिड्नीमा मनाइयो । प्रत्येक ६/६ महिनामा मनाइने किराँती समुदायको चाडहरु मध्ये यो उधौली र अवको ६ महिनामा उभौली मनाउने गरिन्छ ।
उक्त अवसरमा किराँती समुदायका यूवायूवतीहरु र सदस्यहरु विशिष्ट मैलिक पहिरनमा उपस्थित थिए । विभिन्न साँस्कृतिक नृत्यहरु केलाङ, साकेवा, साकेन्वा, सिसेभूमी आदि प्रदर्शन गरिनुका साथै विभिन्न खानाका मौलिक परिकारहरु पनि राखिएको थियो ।
किराँतीहरुको आफ्नो मौलिक, सँस्कृती र सभ्यताको जगेर्ना गर्ने साथै भावी पुस्ताहरुले आफ्नो पुर्खाहरुको पहिचाहन गरुन् एवं आफ्नो परम्परा कायम राखिराखुन भन्ने उद्देश्यले नेपाल लगायत किराँतीहरुको बसोवास रहेको अन्य देशहरुमा पनि यो पर्व मनाईने गरिन्छ । डिसेम्वर १ तारिखका दिन सिड्नीको टेम्पीमा सम्पन्न उक्त कार्यक्रममा विशिष्ट पाहुनाहरु क्यान्टबरी ब्याकस्टाउन काउन्सिलका डिपुटी मेयर  Nadia Saleh, निन्फाका पूर्व अध्यक्ष गणेश तामाङ, वर्तमान अध्यक्ष अरुण तामाङ, गुठी अष्ट्रेलियाका तर्फबाट अनुप मानन्धर, महेन्द्र श्रेष्ठ, पदम शाक्य, तमु समाजका तर्फबाट देव तमु र सिड्नी कै सबैका अविभावक डा. नारायण प्रधान लगायत अन्य संघ/संस्थाहरुका सदस्यहरु, नेपाल पाल्नु भएका बुवाआमाहरुको बाक्लो उपस्थिती थियो । कार्यक्रममा साना बावु-नानीहरुको नाँच प्रतियोगिताका साथै छेलो फाल्ने खेलको पनि आयोजना गरिएको थियो ।