देशैभरीको मौसम बदली

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकासहित बुधबार देशैभरिको मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम बदलीका कारण बिहानैदेखि काठमाडौं उपत्यकामा घाम लागेको छैन। मौसम बदली भएसँगै काठमाडौंमा जाडो बढेको छ ।

काठमाडौं उपत्यकामा बुधबार बिहानको तापक्रम ६ डिग्रीमा झरेको छ । आज दिनभर नै मौसम खुल्ने संभावना नरहेको मौसमविद् गंगा नगरकोटीले बताइन् । अबको एक र दुई दिन मौसम यस्तै रहने उनको भनाइ छ । बुधबार राति पूर्वी तथा पश्चिमी क्षेत्रका केही हिमाली भेगमा हिउँ पर्ने संभावना छ ।

मौसम बदली भए पनि उपत्यकामा पानी पर्ने संभावना छैन । पूर्वी तथा पश्चिमी क्षेत्रका पहाडी भूभागमा भने हल्का पानी पर्ने संभावना छ । पश्चिम तराईमा केही दिनदेखि बिहानीपख हुस्सु लाग्न थोको छ, तर पूर्वी तथा मध्य तराईमा भने मौसम सामान्य बदली भए पनि हुस्सु लागेको छैन ।