कहिले, कुन शहर आउँदैछन् नेपाल आइडलका टप सिक्स ?

-- गोपाल छन्त्याल/नेपाली टाईम्स अष्ट्रेलिया ?>

सिड्नी–एपीवान टेलिभिजनबाट प्रशारण भइरहेको चर्चित गायन ‘रियालिटी शो’ नेपाल आइडल सिजन–२ को अष्टे«लिया टुर अन्र्तगत ६ शहरमा हुने कार्यक्रमको मिति तय भएको छ । आगामी जनवरी २६मा पर्थबाट सुरु हुने टुर तास्मनिया पुगेर अन्त्य हुनेछ । एमटी ८८४८ इभेन्ट ब्रिसवेनको व्यवस्थापनमा हुने टुरका लागि प्रतियोगिताको टप फाइभमा पुग्न सफल सुमित पाठक, अस्मिता अधिकारी, विक्रम बराल, रवि ओड र अमित बरालले जनाउनेछन् । टप सिक्सबाट बाहिरिएका पवन गिरिलाई पनि ‘फ्यान फलोइङ’का आधारमा कार्यक्रममा समावेश गरिएको आयोजकले जनाएको छ ।

इभेन्टका निर्देशक अभिमान सिंह बस्नेतले जनवरी २९ मा ब्रिसबेन, फेबअरी ३ मा मेलर्वन, फेबअरी ८ मा सिड्नी ९ मा क्यानवेरामा कार्यक्रम हुने जानकारी दिए । उनका अनुसार, तास्मनिया लगायत अन्य केहि शहरको मिति तय हुन बाँकी छ । सिड्नीमा नेपाली टच, पर्थमा असनेपाल इभेन्ट र वेस्र्टन नेपाली क्रिकेट क्लब, ब्रिसवेनमा सिभेन्टस् ब्रिसबेन, मेलर्वनमा स्मार्ट एक्सेस इन्टरटेन्ट र क्यानवेरामा जिम गौली इभेन्ट म्यानेजमेन्टसँगको सहकार्यमा कार्यक्रम सम्पन्न गरिने निर्देशक बस्नेतले जानकारी दिए । ‘अष्टे«लियाको भुगोल ठुलो छ, बशोवाशको बनावट पनि उस्तै छ’, निर्देशक बस्नेतले भने, ‘सबै शहरमा रहने नेपालीहरुलाई साँगेतिक कार्यक्रम मार्फत एक ठाउँमा उभिने वातावरण सिर्जना गर्ने हाम्रो उद्देश्य हो ।’ विश्वमा सबैभन्दा बढी हेरिने टेलिभिजन शो मध्ये दोश्रो स्थानमा रहेको आइडलको दोश्रो सिजन अन्तिम चरणमा आइपुग्दा अझ रोमाञ्चक बन्दै गएको छ । अघिल्लो साता दोलखाका पवन गिरि टप सिक्सबाट बाहिरिएका थिए ।