निर्मलालाई न्याय माग्दै विद्यार्थीको मानवसाङ्लो

कञ्चनपुर– बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तलाई न्याय दिन माग गर्दै कञ्चनपुरमा विद्यार्थीहरूले मानवसाङ्लो बनाई प्रदर्शन गरेका छन्। पूर्व निर्धारित मानव साङ्लो बनाएर सदरमुकाम महेन्द्रनगर बजार घेर्ने कार्यक्रम भने भीड ठूलो भएकोले प्रभावित भएको छ।करिब तीन किलोमिटर वारपार बजार घेर्ने कार्यक्रम थियो। मानव साङ्लो बनाउन आएका विद्यार्थीहरूले अहिले सरकारविरुद्ध चर्को नाराबाजी गरिरहेका छन्। स्कुल तथा कलेजको ड्रेसमै विद्यार्थीहरूलाई कार्यक्रममा सहभागी गराइदिन आयोजक नागरिक संघर्ष समितिले स्कुलहरूलाई पत्राचार गरेको थियो। बिहान १२ बजेदेखि उनीहरू सडकमा प्रदर्शन गरिरहेका छन्। प्रहरीले अप्रिय घटना हुन नदिन संयमता अपनाएको जनाएको छ ।
यसैबीच, बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको न्यायका लागि बोलिदिन आग्रह गर्दै राष्ट्रपति निवास अगाडि पुगेका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ। महाराजगञ्जस्थित राष्ट्रपति निवास अगाडि पुगेका जस्टिस फर निर्मलाका अभियन्ताहरूलाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा राखिएको छ। पक्राउ पर्नेमा अभियानका प्रितम सुवेदीसहित छन्। संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी कार्यक्रम (कोप २४) मा सहभागी भएर राष्ट्रपति विद्यादेवी भण्डारी आजमात्र पोल्यान्डबाट स्वदेश फर्किएकी छन्। उनी स्वदेश फर्किएको मौका पारेर प्रदर्शनकारीहरूले राष्ट्रपतिको ध्यानाकर्षण गराएका हुन्।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...