नीलिमा र प्रगति अष्ट्रेलिया आउँदै

सिड्नी–एपीवान टेलिभिजनबाट प्रशारण भइरहेको नेपाल आइडल–२ का टप ७ नीलिमा थापामगर र बुगीबुगीका रनअप प्रगती पुनमगर साँगेतिक प्रस्तुतीका लागि अष्ट्रेलिया आउने भएकी छन् । मगर समाज अष्ट्रेलियाको आयोजनामा माघे संक्रान्ति पर्वमा (जनवरी १२) सिड्नीमा आयोजना हुने बृहत् मेलामा नीलिमा र प्रगतिले सहभागिता जनाउने कार्यक्रम तय भएको हो । चर्चित गायन रियालिटी शो नेपाल आइडलका गोल्डेन माइक विजेता समेत रहेकी नीलिमा आफ्नो सुमुधुर स्वरका कारण छोटो समयमै विशिष्ट स्थान बनाउन सफल भएकी छन् ।
पहिलो अन्तराष्ट्रिय फ्रेन्चाईज बुगीबुगीको रनरअफ हुदै नृत्य क्षेत्रमा उदाएकी प्रगतिले कार्यक्रममा विशेष प्रस्तुती दिनेछन् । कार्यक्रमका लागि तयारी सुरु गरिसकेको कार्यक्रम संयोजक दिपेश पुनले जानकारी दिए । ‘नीलिमा र प्रगतिले आफ्नो क्षमता मार्फत देशसँगै जातीय उत्थानमा महत्वपूर्ण योगदान पु¥याउनुभएको छ’, उनले भने, ‘उहाँहरुको उपस्थितिले कार्यक्रम अझ उत्कृष्ट बन्नेछ ।’ सिड्नीको टेम्पल पार्कमा सञ्चालन हुने कार्यक्रममा प्रवेश निशुल्क हुनेछ । मगर समुदायको महत्वपूर्ण पर्व माघेसंक्रान्तिमा साँस्कृतिक कार्यक्रमका साथै लिगलिग दौड, मगरकल्चर डान्स र फुडस्टल लगायतका कार्यक्रम राखिएको छ ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...