मिस वर्ल्ड २०१८ को उपाधि मेक्सिकोकी भानेसालाई

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– मिस वर्ल्ड २०१८ को उपाधि मेक्सिकोकी सुन्दरीले जितेकी छिन् । मेक्सिकोकी भेनेसा पोन्स डे लियोनले उक्त उपाधि जितेकी हुन् । उनलाई अघिल्लो वर्षकी मिस वर्ल्ड भारत मानुषी चिल्लरले मुकुट पहिराइ दिएकी थिइन् । प्रतियोगितामा थाइल्याण्डकी सुन्दरीले रनर्स अपमा चित्त बुझाएकी छिन् ।
त्यसअघि नेपाली चेली श्रृंखला खतिवडा मिस वर्ल्ड २०१८ को अन्तिम ५ मा पर्नबाट बञ्चित भएकी छिन् । उनी मिस वर्ल्डको उत्कृष्ट १२ मा पर्न सफल भएकी थिइन् । एसिया प्यासिकफिक क्षेत्रबाट नेपाली चेली श्रृंखला खतिवडासंगै न्यू जिल्याण्ड तथा थाइल्याण्डका सुन्दरीहरु उत्कृष्ट १२ मा पर्न सफल भएका हुन् ।
यूरोपबाट बेलारुस, फ्रान्स तथा स्कटल्याण्डका सुन्दरीहरुले उत्कृष्ट १२ मा स्थान सुरक्षित बनाउन सफल भएका छन् । क्यारेबियनबाट जमैका तथा मार्टिनिकका सुन्दरीले उत्कृष्ट १२ मा स्थाना बनाउन सफल भएका छन् । अमेरिकाबाट मेक्सिको तथा पानामाका सुन्दरीले उत्कृष्ट १२ मा स्थान बनाउन सफल भएका छन् । अफ्रिकाबाट मोरिसस तथा यूगाण्डाका सुन्दरी उत्कृष्ट १२ मा पर्न सफल भएका छन् ।