प्रस्तावित चारै राजदूतको नाम सर्वसम्मतिले अनुमोदन

काठमाडौँ- सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले सरकारले विभिन्न चार मुलुकमा राजदूतका लागि प्रस्ताव गरेका नामलाई सर्वसम्मतिले अनुमोदन गरेको छ ।
समितिको आजको बैठकले प्रस्तावित राजदूतको योग्यता, सोच, कार्ययोजना र अवधारणा सुनेपछि उहाँहरुको नाम सर्वसम्मतिले स्वीकृत गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।
मन्त्रिपरिषद्को कात्तिक २५ गतेको बैठकले भारतका लागि नीलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे, संयुक्त अरब इमिरेट्सका लागि कृष्णप्रसाद ढकाल र इजरायलका लागि राजदूतमा डा अञ्जान शाक्यको नाम सिफारिश गरी संसदीय सुनुवाइका लागि समितिमा पठाएको थियो । उहाँहरुमध्ये आचार्यसँग पूर्वमन्त्री एवं पूर्वराजदूत भएको अनुभव छ भने पाण्डे पनि यसअघि राजदूतको जिम्मेवारी सम्हालीसक्नुभएको छ ।
परराष्ट्र मन्त्रालयका सहसचिव ढकालले यसअघि नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमा कार्यवाहक राजदूतको जिम्मेवारी डेढ वर्ष सम्हालेका समितिलाई जानकारी दिनुभयो ।
परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उपकार्यकारी निर्देशकलगायतका विभिन्न जिम्मेवारीमा रहेर काम गर्नुभएकी डा शाक्यले मुलुकको राष्ट्रिय हितलाई सर्वाेपरी राखेर सरकारको विकास र समृद्धिको लक्ष्यलाई आधार बनाएर आफूले कार्यसम्पादन गर्ने बैठकसमक्ष प्रतिबद्धता जनाउनुभयो ।
चारैजना प्रस्तावित राजदूतले मुलुकको राष्ट्रियहित र स्वाभिमानलाई उच्च सम्मान गर्दै आर्थिक कूटनीतिकका माध्यमबाट मुलुकमा पर्यटन प्रवद्र्धन तथा नयाँ प्रविधिका साथसाथै वैदेशिक लगानी भित्र्याउने कार्यलाई प्राथमिकतामा राखेर काम गर्ने अठोट व्यक्त गर्नुभएको थियो ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...