विश्व साइकल यात्री शाहको सहयोगार्थ गाला डिनरको तयारी पूरा

सिड्नी–विश्व साइकल यात्री एवम् सगरमाथा आरोही पुस्कर शाहको सहयोगका लागि बिहिबार आयोजना गरिएको ‘गाला डिनर’ को तयारी पूरा भएको छ । नेपाली राष्ट्रिय झण्डा सहित विश्व फन्को लगाएका शाहको ‘दि पुस्कर ट्रष्ट’लाई आर्थिक सहयोग जुटाउने उद्देश्यले सिड्नीमा रहेको नेपालीहरुको सक्रियतामा डिनरको आयोजना गर्न लागिएको हो । कार्यक्रमको संयोजनकारी भूमिका निर्वाह गरिरहेका युवा बद्री क्षत्रीले कार्यक्रमका लागि चौतर्फी रुपमा प्राप्त सहयोगले उत्साहित भएको बताए । ‘उहाँले नेपाल र नेपालीको शानलाई अन्तराष्ट्रिय रुपमा चिनाउनु भो, उहाँको योजना अनुसारको काम गर्नका लागि पनि हामीले कार्यक्रम गर्ने आँट गरेका हौँ’, उनले भने ।
उनका अनुसार, कार्यक्रममा विश्व साइकल यात्री शाहले आफ्नो यात्राका भोगाइ, भावी योजनाबारे प्रेरणादायी मन्तव्य दिनेछन् । नेपाली कला सँस्कृति झल्कने साँस्कृतिक प्रस्तुती पनि प्रस्तुत हुनेछन् । कार्यक्रमलाई गैरआवासीय नेपाली संघले पनि महत्वपूर्ण सहयोग गरिरहेको संयोजक बरुवालले जानकारी दिए । डिनर मार्फत संकलित रकम ट्रष्टले नेपालमा सञ्चालन गर्न लागेको ‘पुस्कर दाइको साइकल’ क्याफेमा लगानी हुने बताईएको छ । क्याफेमा विश्वयात्राका क्रममा पुस्करले प्रयोग गरेका साइकल, सगरमाथा आरोहणका क्रममा प्रयोग गरेका सामाग्रीहरु प्रर्दशनीका रुपमा समेत राखिने योजना बनाईएको छ । रकडेलस्थित ईन्द्रेणी फङ्सन सेन्टरमा साँझ ७ बजे देखि सुरु हुने कार्यक्रम मार्फत करिब २५ हजार डलर संकलन गर्ने योजना बनाईएको संयोजक क्षत्रीले जानकारी दिए ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...