त्रिपालमुनी भविश्य खोज्दै विद्यार्थी

म्याग्दी– नजीकै देखिने धौलागिरि हिमालको चिसो सिरेटो । छेउमै बग्ने रघुगंगा नदीको चिसो हावाले विद्यार्थीहरु कठ्यांग्रीने गर्छन् । रमाई रमाई स्कुलमा पढ्नुपर्ने समय उनीहरुको लागि भने निकै कष्टकर बन्ने गरेको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेमंगलेमा रहेको रितुङ्ग माध्यमिक विद्यालयका विद्यार्थीहरुको भोगाई हो यो । गत भदौ २७ गते रघुगंगा नदीमा आएको भिषण बाढीले विद्यालय भवन बगाएपछि अहिले यस बिद्यालयमा त्रिपाल टाँगेर बनाईएका टहरामा विद्यार्थीहरुलाई पठनपाठन गराउने गरिएको छ । खोलाले विद्यालय भवन बगाउँदा ७ वटा कक्षाकोठामा पूर्ण क्षती भएको छ । कक्षाकोठको अभाब भएकाले अहिले बालकक्षा देखि ६ कक्षा सम्मलाई खुलाचौरमा बनाईएको अस्थायी टहरामा राखेर पठनपाठन गराउँदै आईएको विद्यालयका प्रधानध्यापक खिम बहादुर छन्त्यालले बताए ।
‘‘ विद्यालयको छेउबाटै खोला बग्छ, अन्य भवनपनि नदी कटानबाट उच्च जोखिममा छन्, यो स्थानमा अब विद्यालय रहन सक्ने अबस्था छैन, अहिले केही विद्यार्थीलाई बाँकी रहेका भवनमा राखेका छौँ, तर त्रिपालमुनी बसेर अध्ययन गर्नुपर्ने विद्यार्थीहरुलाई निकै कष्टकर भएको छ’’–प्रअ छन्त्यालले भने । विद्यालय भवन बगाएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूको अगुवाईमा विद्यालय परिसरमा त्रिपाल टाँगेर अस्थायी टहरा बनाईएको थियो । अहिले सोही त्रिपालको टहरामा बसेर विद्यार्थीहरुले अध्ययन गर्दै आएका छन् । कक्षा ६ मा अध्ययन गर्दै आएका दिप्शन घर्तिले चिसो मौसममा टहरामुनी बसेर पढ्न निकै गाह्रो हुने गरेको बताए । त्रिपालले छाएको टहराको दायाँ बायाँ खुला छ । हिमालको नजीक र खोलाको किनारमा रहेकाले नियमित जसो चिसो हावा चलिरहँदा विद्यार्थीहरु जाडोले कठ्यांग्रीने समस्या रहेको विद्यालयका शिक्षक याम विश्वकर्माले बताए ।
‘विद्यालय भताभुङ्ग अबस्थामा छ, बालकक्षादेखि ६ कक्षासम्मका बालबािलकाहरु टहरामा बसेर पढ्न बाध्य छन्, बालबालिकालाई रमाईलो वातावरणमा पढ्ने बातावरण सिर्जना गर्नुपर्ने हो तर कक्षाकोठा अभाबले सम्भव हुन सकेको छैन’, शिक्षक विश्वकर्माले भने । टहरामा बसेर अध्ययन गर्दा चिसोले सताउने गरेको कक्षा ४ मा अध्ययनरत छात्रा करुणा घर्तिले बताईन् । कक्षाकोठामा अध्ययन गर्दा पढाईतर्फ ध्यान जाने गरेपनि टहरामा अध्ययन गर्दा चिसो र खुला भएकाले पढाईप्रति ध्यान केन्द्रित गर्न कठिनाई भएको अर्का विद्यार्थी सन्दिप बुढाथोकीले बताए । त्रिपाल टाँगेर बनाइएको टहरामा पठनपाठन गराउँदा विद्यार्थी र शिक्षकलाई अप्ठ्यारो भएपनि बैकल्पीक व्यवस्था नहुँदा थप समस्या भएको छ । ‘पठनपाठन नै बन्द गरेर बस्ने कुरा भएन, चिसो अत्यधिक बढेको छ, बालबालिकाहरुलाई टहरामा राखेर पढाउँदा निकै सकस भएको छ, कतै बालबालिका विरामी हुनेपो हुन ? भन्ने डर बढेको छ’–शिक्षक ढकालले भने ।
रघुगंगा नदीमा आएको भिषण बाढीको कटानले यस विद्यालयको ३ वटा भवन पूर्ण रुपमा क्षतिग्रस्त बनाएको छ भने सौचालयहरु समेत सबै बगाईदिएको छ । कटानले गर्दा अहिले विद्यालयमा अध्यापन गराईरहेकै छेउबाट खोला बग्ने गरेको छ । बाँकी रहेका पूर्वाधार समेत जोखिममा परेको कारण विद्यालय स्थानान्तरणको लागि जग्गाको खोजी भैरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडा अध्यक्ष गमान छन्त्यालले बताए । उनले विद्यार्थीहरुलाई जस्तोसुकै अबस्थामा रहेपनि अध्ययन गर्नबाट बञ्चित हुनुपर्ने अबस्था सिर्जना नहोस भन्ने उदेश्यले जग्गा खोजी र पूर्वाधार निर्माणको लागि स्रोत जुटाउने पहल भैरहेको जानकारी दिए ।
यसैबीच, रघुगंगा नदीमा आएको भिषण बाढीले रितुङ्ग माविमा रु ५ करोड बढीको भौतीक पूर्वाधार बगाएर क्षतिग्रस्त बनेपछि अहिले यस विद्यालयको पुननिर्माण गर्न अभियान थालिएको छ । स्थानीयबासीको पहलमा विद्यालयलाई सुरक्षित स्थानमा सार्ने तयारी गरिएपनि उपयुक्त जग्गा प्राप्ती र पूर्वाधार बनाउन बजेटको अभाब भएको हो । विद्यालय स्थापना भएको २८ बर्षसम्म सरकारी र स्थानीयबासीको पहलमा निर्माण भएका पूर्वाधार बाढीले क्षतिग्रस्त हुँदा यस विद्यालयले ठुलो भौतिक संकट व्यहोरेको छ । अहिले विद्यालय रहेको ठाउँमा नदी कटानले उच्च जोखिममा रहेकाले नजीकै रहेको ठाउँमा जग्गा खोजी गरेपनि कतिपय व्यक्तिहरुबाट जग्गा उपलब्ध गराउन मञ्जुर नहुने र कतिपय ठाउँ सुरक्षित नभएकाले समस्या भएको प्रअ खिमबहादुर छन्त्यालले बताए । source: www.myagdionline.com

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...